१० दिन सम्म चल्ने मेलामा १० करोडको कारावार गर्ने लक्ष्य ,
देब पचभैया
रुपन्देही, मंसिर १९ – लुम्बिनीको बृहत्त विकास राष्ट्रिय समृद्धिको आधार भन्ने मुल नाराका साथ छैठौ पश्चिमाञ्चल क्षेत्रिय मेला औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सव २०७१ शरु भएको छ ।
स्थानिय सिद्धार्थ रंगशालामा शुरु भएको महोत्सवको यस क्षेत्रका तीन जना सभासदहरु अब्दुल रज्जाक, ईश्तियाक अहमद खांन र आदित्य नारायण कसौधनले सम्युत्त रुपमा उद्घाटन गरेका छन् ।
मेला उद्घाटन पछि बोल्दै सभासदहरुले लुम्बिनीको बिकास पछि मात्रै राष्टको बिकास हुने हुदा लुम्बिनी सहित यस क्षेत्रको आर्थिक बिकासमा जोड दिए । उहाहरुले भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र सेजमा उद्योग स्थापना गर्नु पर्ने, गौतम बुद्ध बिमान स्थलको निमार्ण कार्य तत्काल सुचारु गर्नु पर्ने बताए ।
सो अबसरमा वयापार तथा निकासी प्रबद्धन केन्द्र ललितपुरका प्रमुख ईश्वरी घिमिरे, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, स्थानिय बिकास अधिकारी बिश्व प्रकास अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य संघ पोखराका अध्यक्ष संजिव कोईराला, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा अञ्चल संयोजक कृष्ण प्रसाद श्रेष्ठ, संघका पुर्व अध्यक्ष ओमकार गौचन, उपाध्यक्ष ऋिषिकेश अग्रवाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह लगाएतले बोल्दै पश्चिमाञ्चल महोत्सवलाई सफलता पुर्वक सम्पन्न गर्नका साथै सक्दो सहयोग गर्ने बताए । मेला उद्घाटन हुनु पुर्व भैरहवाको लुम्बिनी रोड स्थित लुम्बिनी गेटबाट पञ्चेवाजा र झाँकी सहितको र्याली निस्कीएको थियो ।
आगामि २८ गते सम्म सञ्चालन हुने महोत्सवमा कृषि, गार्मेन्ट, बित्तय सस्था, अटो मोवाईल्स, होटल, कुटिर उद्योग, स्थानिय उत्पादन सहितका स्३ सय स्टल रहेको संघका महासचिव तथा सचिवालय व्यवस्थापन समितिका संयोजक कुल प्रसाद न्यौपानेले जानकारी दिए ।
महोत्सवले रुपन्देहीको मर्चवार देखि मुस्ताङसंम्मका बिशिष्टकृत बस्तु तथा सेवाको प्रद्धशन तथा प्रबद्धन गर्ने खालका स्टल राखिएको संघका अध्यक्ष तथा मुल समिति संयोजक बिष्णु प्रसाद शर्माले जानकारी दिए ।
मेलामा ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा १० करोड बढीको कारोबार गर्ने लक्ष्य लिएको आर्थिक व्यवस्थापन संयोजक एवम कोषाध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले जानकारी दिए ।
