अब बन्ने संविधान अपांग मैत्री हुनु पर्ने

Read Time:3 Minute, 25 Second

गोविन्द घर्ती

मंसिर १७ । अब बन्ने संविधान अपांग मैत्री हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले अपाङ्गता व्यक्तिले पाउने अधिकारमा राजनैतिक दलका नेताहरुले हस्तक्षेप गर्न नहुनेमा जोड दिएका थिए ।

रुपन्देहीको देवदहमा २३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले आप्mनो हक अधिकार र सम्मानको लागि अपाङ्गता भएका व्यक्तिहरु स्वयम जागरुक भएर लाग्नु पर्ने उल्लेख गरेका थिए । अपाङ्ग समाज सेवा केन्द्र देवदहका अध्यक्ष राधिका भण्डारीको अध्यक्षता र देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नया जीवनका लागि हातेमालो कार्यक्रमका व्यवस्थापक प्रकाश आले, एनेकपा माओवादी देवदह नगर कमिटिका संयोजक कृष्ण ढकाल, राप्रपा नेपाल देवदहका अध्यक्ष ऋषिराम रेग्मी, नेपाली कांग्रेस देवदह नगर समितिका उप सभापति डिल्लीराज मरासिनी, नेकपा एमालेका विद्यालक्ष्मी गुरुङ्ग, देवदह गाउ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, देवदह उच्च माविका प्रार्चाय केशव प्रसाद घिमिरे, सगरमाथा आवशिय उच्च माविका प्रार्चाय कृष्ण पौडेल, मदर टङ्गस एकेडेमिका प्रिन्सिपल राम बहादुर गुरुङ्ग, हलेलुलिया चर्चका पास्टर नरबहादुर गुरुङ्ग, नेपाल अविनास सामाजिक सेवा संस्थाका सचिव खड्कबहादुर विक, केन्द्रका सल्लाहकार बालकुमार श्रेष्ठ, देवदह आर्दश बहुमुखि क्याम्पस सञ्चालक समितिका सदस्य दुर्गाप्रसाद पौडेल, ब्रहमकुमारी विश्व विद्यालयका रिमा दिदी लगायतले आ–आप्mना भनाई राखेका थिए ।

अपाङ्ग समाज सेवा केन्द्र देवदह र नेपाल अविनास सामाजिक सेवा संस्थाको संयुक्त आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा उक्त कर्याक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अपाङ्गता बाल–बालिकाहरुलाई शैक्षिक सामग्री वितरण, अतिविपन्न अपाङ्गताहरुलाई पुर्नःस्थापना कार्यक्रम र अपाङ्गताहरुका अभिभावकहरुलाई सम्मान गरिएको थियो । समाज केन्द्रका सचिव बलराम चापागाईको स्वागत र कृष्ण पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %