लायन्सको संयुक्ति पद स्थापन कार्यक्रम संम्पन्न

Read Time:3 Minute, 8 Second

दिल प्रशाद थापा

  बुटवल , मंसिर १६ – लायन्स क्लब डिस्ट्रिक ३२५ बि २ अन्तरगर्त तिन वटा लायन्स क्लब अफ बुटवल लुम्बिनी लायन्स क्लब अफ शंकरनगर र लायन्स क्लब अफ लुम्बिनी बुद्ध क्लबको संयुक्ति रुपमा पद स्थापन तथा हस्तान्तरण कार्यक्रम सोमबार मणिग्राम पार्टी प्यालेस , मणिग्राममा सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति लायन्स क्लबका जोन चियर पर्सन यम पुन रहेका थिए भने प्रमुख अतिथी डिष्ट्रिक ३२५ वि २ का आइ पि डि महेन्द्र नारायण श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी लगायत विशिष्ठ अतिथी सिनियर डिष्ट्रिक एभाइजर निर्मल लाकौल , एओजि सुनिल ओझा , अर्जुनमान सौजु , डिष्ट्रिक एभाइजर रामेश्वर श्रेष्ठ , एरिया ४ का चिफ कोडिनेटर उमङ्ग देवकोटा लगायत अन्य अतिथीले नयाँ कार्यसमितीलाई शुभकामना मन्तव्य दिएका  थिए ।

  कार्यक्रममा  लायन्स क्लब अफ बुटवल लुम्बिनी बर्ष २०१३-१४ का अध्यक्ष यम पुनले वर्ष  २०१४-१५ का अध्यक्ष विनय प्रकाश पुनलाई अध्यक्षता पद हस्तान्तरण गरेका थिए भने , लायन्स क्लब अफ शंकरनगर वर्ष २०१३-१४ का अध्यक्ष  विशाल भण्डारीले वर्र्ष २०१४-१५का अध्यक्ष अर्जुन कार्की लाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ बुटवल र लायन्स क्लब अफ शंकरनगरले संयुक्ति रुपमा प्रमुख अतिथी लगायल विशिष्ठ अतिथीद्धारा विमोचन गरिएको थिया ।  

कार्यक्रममा नव क्लब लायन्स क्लब अफ लुम्बिनी बुद्ध का अध्यक्ष अखन थापालाई लायन्स क्लब अफ बुटवल लुम्बिनी क्लबका संस्थापक अध्यक्ष सौभाग्य श्रेष्ठ सिमाङ्गैडाले पद हस्तान्तरण गर्नुका साथै लायन्स क्लबको अधिकारिक स्थापन भएको अन्तराष्ट्रिय प्रमाण पत्र प्रदान गरिएको थियो ।

  कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ शंकरनगरका संस्थापक अध्यक्ष किरण खरेलको रहेको थियो भने कार्यक्रम संचालन लायन्स क्लब अफ शंकरनगर वर्ष २०१३-१४ का सचिव अर्जुन कार्कीको रहेको थियो भने समापन कार्यक्रमका संचालन लायन्स क्लब अफ शंकरनगर वर्ष २०१४-१५का सचिव श्रवण कुमार जैसवालको रहेको थियो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %