देब पचभैया
स्याङ्जा, १६ मंसिर – स्याङ्जा जिल्लाका ३ नगरपालिका र ५७ गाविस मध्ये १६ गाविसमा जिल्ला महिला तथा बालबालिका विकास कार्यालयद्धारा संचालित वचत सहकारी मार्फत प्राप्त कर्जाको उपयोग गर्दै महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् ।
महिलाहरुको सहभागितामा जिल्लामा २४ वटा वचत सहकारी संचालनमा रहेका छन् । सहुदियत दरमा कर्जा वापत प्राप्त रकमले उनीहरु मौसमी तथा बेमौसमी तरकारी खेति, गाई, भैसी, कुखुरा र बाख्रा पालन गर्दा उनीहरु आत्मनिर्भर हुदै गएका हुन् ।
“गाविस तर्फ १६ र नगरपालिका तर्फ पुतलीबजारमा ६ वटा र वालिङ् तथा चापाकोटमा १-१ सहकारी संचालनमा रहेका छन् ।” महिला तथा बालबालिका विकास अधिकृत गीरा बस्नेतले भनिन्, “२ हजार ७ सय ३१ महिला समूह मार्फत १५ हजार ९ सय १६ महिलाहरु सहकारीमा आबद्ध भएका छन् ।”
“महिलाहरुले मासिक रुपमा सा“वा व्याज संकलन र कर्जा प्रबाहलाई नियमित बनाएका छन् ।” अधिकृत बस्नेतले भनिन्, “सहकारी मार्फत ३ करोड ६८ लाख ६३ हजार ४ सय ३१ रुपैया“ परिचालन गरिएको छ ।” परिचालित रमकबाट महिलाहरु स्वरोजगार हुन सफल भएको बस्नेतले बताईन ।
न्यूनतम व्याजदरमा कर्जा पाएपछि पौवैगौडे गाविस स्थित दलितबस्तीका सदस्यहरुको दैनिकीमै परिवर्तन आएको छ । दैनिक रुपमा हुने आम्दानीले घर खर्चको जोहो र बालबालिकालाई विद्यालय पठाउन सहज भएको उनीहरुको भनाई छ । उनीहरुका अनुसार सामान्य खर्चका लागि अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नियमित बैठक बसेर महिलाहरुले सहकारीको व्याजदर निर्धारण गर्ने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय स्तरमा उत्पन्न हुने स–साना झै–झगडाहरुलाई समेत उनीहरुले आपसी छलफलमा समाधान गर्ने गरेका छन् ।
“समूहमा आबद्ध महिलाहरुको सक्रियताले जुवा तास खेल्ने, जाँड रक्सी खाएर हो–हल्ला गर्ने क्रम घट्दो छ ।” सेखामका स्थानीय शिक्षक दानबहादुर थापाले भने, “अनैतिक र अराजक काम गर्नेलाई महिलाहरु समूहमा आएर सम्झाउने, कारबाही गर्ने डर धम्की देखाउ“दा समेत घटनामा कमी आएको छ ।”
जिल्लामा रहेका गाविसका ५ सय १३ वडा मध्ये ३ सय २९ वडामा महिला समूह निर्माण गर्ने काम सम्पन्न भएको महिला तथा बालबालिका विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार टोल–टोलमा समूह गठन गरेर सहकारी मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने क्रम जारी रहेको छ ।
