बस र ट्रक ठोक्किदा पाल्पामा चार जना घाईते

Read Time:1 Minute, 17 Second

देब पचभैया

पाल्पा, मंशिर ९ – सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक खण्डको मस्याम ४ कालीमाटीमा बस र ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार चार जना घाईते भएका छन् ।

दुर्घटनामा घाईते  तेल्घा १ नयापार्टीका ३० बर्षिय सुन्दर सारु, सोही ठाउका २१ बर्षिय भोज बहादुर राना, आर्यभञ्याङ्ग पाल्पाका चालक २४ बर्षिय तिलबहादुर वाकाबल र लिम्घा ४ गुल्मीका भवन केसीको पाल्पा स्थित लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

बुटवल बाट पाल्पा आउदै गरेको लु १ ख ४९९४ नम्बरको बस र बुटवल जादै गरेको ना ३ ख १२७६ नम्बरको ट्रक आज बिहान १० बजे तिर ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बसको पछिल्लो भागमा ठोक्किएको ट्रक सडक बाट शय मिटर तल डुम्रे खोलामा खसेको छ ।

बसका यात्रु भने सकुशल रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %