रोटक्याक्ट क्लब द्धारा विद्यालय लाई सहयोग

Read Time:2 Minute, 46 Second

दिल थापा
बुटवल , ०६ मसिंर
रोटक्याक्ट क्लब अफ बुटवल साउथ बर्ष २०१४/०१५ को नियमीत कार्यक्रम अन्तर्गत रोटरी क्लव अफ बुटवल साउथको सहयोगमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसर रुपन्देही जिल्ला देवदह न.पा –११, मूढावास स्थित जनज्योति प्राथमिक विद्यालयमा कक्षा १ देखी ४ सम्म अध्यनरत झण्डै ४५ जना विधार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामाग्रि, विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्रि तथा प्रत्येक विधार्थीका लागि टाई तथा बेल्ट वितरण गरेकोे छ । उक्त कार्यक्रममा विधालयका व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय का शिक्षक तथा कर्मचारी र ठूलो संख्यामा अभिभावकको उपस्थिती रहेको उक्त कार्यक्रमको औपचारीक कार्यक्रममा बौल्दै विद्यालयका प्रधानाध्यापक श्री धन बहादुर थापाले क्लबको यस किसिमको सहयोगले विपन्न तथा गरिब विधार्थीलाई पठनपाठन प्रकृयामा सहयोग पुग्ने बताउदै विगतको बर्षमा समेत क्लब बाट भएको सहयोगको प्रशंसा गरेका थिए । यसै गरि क्लबका निवर्तमान अध्यक्ष रो यूवराज ढकालले रोटक्याक्ट क्लब समाज विकासमा यूवाको भुमिका खोज्ने यूवाको जमात रहेकोले यस किसिमको कार्यमा निरन्तर रुपमा लागि रहेको र सम्पन्न तथा विकसीत बुटवल बजारको नजिक रहेर पनि पछि परेको विधालयको पहिचान र सहयोग गर्ने क्रममा यस विद्यालयलाई छनौट गरीएको जानकारी दिएका थिए । सोही क्रममा रोटक्याक्ट क्लव बुटवल साउथका अध्यक्ष रो धुब्र के.सीले आगामी बर्ष पनि सोही विद्यालयका सम्पूर्ण विधार्थीलाई विधालय पोशाक तथा झोला वितरण गर्न आफुले पहल गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । रो धुब्र के सी को अध्यक्षता, विधालय व्यवस्थापन समितिका अध्यक्ष श्री लिल बहादुर सलामी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रमको रो. मोहन न्यौपानेले सयोंजन तथा सचिव रो ज्ञानेन्द्र गिरीले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %