छुट्टी आएका लाहुरेले नदीमा बगाएकोलाई बचाए

Read Time:1 Minute, 19 Second

दिल थापा

सिंगापुर पुलिसमा कार्यरत केही महिना अघि नेपालको छुट्टी आएका हाल बुटवल नगरपालिका वडा नं. ६ घर भएका केशव थापा मगरले राम्दीमा बगाइरहेको एक जना व्यक्तीलाई उद्धार गरेका छन ।
हरेक वर्ष राम्दी नदिमा कात्तिक महिनाको ठुलो एकादशीको दिनमा ठुलो मेला लाग्ने गर्दछ । सो मेला हेर्न तथा तोरन तान्नको लागि र आफ्नो बुवाको नाममा लाख बत्ती बाल्न गएका केशव थापाले स्याङजा जिल्ला यम्गा गाविस ४ का कृष्ण विक काली गण्डकी नदीमा बगाइ रहेको अवस्थामा नदीमा हामफाली विकलाई सकुशल बचाउन सफल भएका थिए । उक्त कृष्ण विक काली गण्डकी नदीको छेउमा तोरन तान्न नदीको वारपार गराउने काम गर्दा अचानक नदीमा खसेका थिए । नदीमा खसे लागत्तै केशव थापा आफु नदीमा हामफाले र विकलाई बचाउन सफल भए । सकुशल नदीबाट उद्धार गरे पछि विक का पत्नी शुशिला विकलाई बुझाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %