स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ इकाइको तेश्रो अधिवेशन सम्पन्न,
विनोद रखाली मगर,
गल्याङ , ८ मङ्सिर नेपाल उद्योग वाणिज्य महासघ केन्द्रीय सदस्य दिपक प्रसाद लम्सालले राज्य र नीजि क्षेत्र कृषिमा अगाडी वढ्न नसकेको खण्डमा कार्य प्रभावकारी नहुने देखिएकाले राजयले नीति क्षेत्रलाई उपेक्षा गर्न नहुने कुरामा जोड दिएका थिए ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ इकाइको तेश्रो अधिवेशन समारोहलाई सम्बोधन गर्दै लम्सालल नीजि क्षेत्रले कृषिमा एक गाउँ एक उत्पादन एक जिल्ला एक उत्पादन जस्ता कार्यक्रम तथा विकास निर्माणका कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको र तयसलाई अझ प्रभावकारी वनाउने कार्यमा नेतित्वदायी भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।केन्द्रीय सदस्य लम्सालले स्याङ्जाको विभिन्न क्षेत्रमा विकास निर्माणका कार्यहरु सञ्चालन गर्दै आएको र गल्याङ क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति लालगोपाल अर्यालले कृषि, शिक्षा र खानेपानी तथा विकास निर्माणमा समयानुकूल रुपमा बजार विस्तार गरेर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय वालिङका प्रमुख झलकराम सुवेदी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष नवराज सुवेदी,निर्वतमान अध्यक्ष महेन्द्र श्रेष्ठ,महासचिव हिक्मत श्रेष्ठ,वालिङ उद्योग वाणिज्य संघका महासचिव खगेन्द्र प्रसाद अर्याल,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गुरुप्रसाद भट्टराई,नेकपाएमाले गण्डकी अञ्चल कमिटी सदस्य पुण्यप्रसाद भूषाल,समाजसेवी टेकनाथ न्यौपाने,स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका तितृय उपाध्यक्ष श्याम प्रसाद वस्याल, तुलसी भन्ञ्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपराज अधिकारी,गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष भेमलाल अर्याल, अन्र्तपार्टी महिला सञ्जाल क्षेत्रीय अध्यक्ष खगिसरा भण्डारी, नेपाल औषधी व्यवसायी समिति गण्डकी अञ्चल केन्द्रीय मानाथ सदस्य नरबहादुर राना,जगत्रदेवी साहित्य संगमका अध्यक्ष सूर्य प्रसाद डुम्रे, गल्याङ युथका अध्यक्ष जनक कुमार श्रेष्ठ,गल्याङ भूपू सैनिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबेदार चन्द्रबहादुर रखाली मगर,गल्याङ बजार व्यवस्थापन समितिका बरिष्ट उपाध्यक्ष गंगा प्रसाद श्रेष्ठ समाजसेवी तोयाराज भट्टराई, उद्योग वाणिज्य संघ स्याङ्जा गल्याङ इकाइ सदस्य यज्ञ प्रसाद अर्याल लगायतले राज्यले नीजि क्षेत्रका लागि प्रभावकारी नीति तय नगरेका कारण व्यपारीहरुले दुख पाउनु परेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ इकाइका सभापति सूर्य प्रसाद चापागाईले भावि योजना तथा चारलाख दश हजार आठ सय चौरासी बराबरको आय व्यार्य प्रस्तुत गरेका थिए ।स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ इकाइका सभापति सूर्य प्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपसभापति नेत्रप्रसाद पाण्डेयले र सञ्चालन सचिव लेखनाथ भट्टराईले गरेका थिए
