बागलुङ–पोखरा मगर समाजले एम्बुलेन्स किन्ने

Read Time:1 Minute, 45 Second

मंसिर २७ गते भुर्जुङखोलामा वनभोज

रूद्र श्रीसमगर

पोखरा, ६ मंसिर

बागलुङ–पोखरा मगर समाजले स्वास्थ्योपचारमा सहज सेवा दिने उद्देश्यले एम्बुलेन्स किन्ने भएको छ ।

समाजको शनिबार बसेको मासिक बैठकले स्वास्थ्य सेवामा सहयोग पु¥याउन एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको अध्यक्ष मेखबहादुर छन्त्यालमगरले जानकारी दिएका छन ।

आवश्यक अध्ययन गरी एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइने अध्यक्ष छन्त्यालले बताएका थिए । बैठकले यही मंसिर २७ गते बृहत परिचयात्मक तथा वनभोज कार्यक्रम भुर्जुङखोलामा गर्ने निर्णय समेत गरेको छ । वनभोजमा सहभागी हुनका लागि प्रत्येक साधारण सदस्यलाई पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

त्यसैगरी, बैठकले समाज भवन निर्माणका लागि घडेरी खरिदको प्रक्रिया अघि बढाउने, मगर भाषा कक्षा सञ्चालन कार्य अघि बढाउने, सांस्कृतिक कार्यक्रम गर्ने, समाजको स्थापना दिवस मनाउने, कृषि बहुउद्देश्यीय सहकारी स्थापना गर्नेलगायतका महत्वपूर्ण कार्ययोजना बनाएको सचिव गजेन्द्र थापामगरले जानकारी दिएका छन ।

समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %