पहिचानवादी द्वारा एक महिने आन्दोलनका कार्यक्रम घोषणा

Read Time:3 Minute, 7 Second

देब पचभैया  

काठमाडौं, ५ मंसिर – पहिचान सहितको संघीय संविधान, धर्म निरपेक्षता,गणतन्त्र, लोकतन्त्र, आत्म–निर्णयको अधिकार लगायतका मुद्दालाई अब बन्ने संविधानमा सुनिश्चित गराउन एक महिने आन्दोलनका कार्यक्रम सार्बजनिक भएको छ ।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी एक महिने आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।आन्दोलनमा आदिवासी जनजातिका सबै संघ–संस्थाहरू, जातीय पहिचान केन्द्रित राजनीतिक पार्टीहरू, राजनीतिक पार्टीका आदिवासी जनजाति भ्रातृ संगठनहरू, जातीय आन्दोलनमा लामो समयदेखि क्रियाशील प्रबुद्ध व्यक्तित्वहरू तथा राजनीतिक पार्टीमा आबद्ध शीर्ष आदिवासी जनजाति नेताहरू संलग्न रहने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिले उठाएका जातीय पहिचान र अधिकारसम्बन्धी मुद्दाहरुबारे सचेत बनाउनका लागि देशव्यापी रुपमा प्रादेशिक भेलाहरुको आयोजना गर्ने, संविधान सभाभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक शक्ति र सरोकारवालाहरूको राष्ट्रिय सहमतिमा मात्र नयाँ संविधान जारी गर्नको लागि दबाबमूलक कार्यक्रमहरु तय गरी लागु गर्ने बताए ।

आन्दोलनका अध्यक्ष  पद्मरत्न तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तिमा एक–महिने संघर्षका कार्यक्रममा मंसिर ६ गतेदेखि १३ गतेसम्म उपत्यका केन्द्रित जागरण अभियान, मंसिर १२ गते प्रादेशिक भेला, १४ गते तलितपुरमा बृहत कार्यशाला गोष्ठी, १६ गते देखि मंसिर २९ गतेसम्म हेटौंडा, पाल्पा, धनगढी, झापा, उदयपुर, दोलखा लगायतका जिल्लामा प्रादेशिक भेला गरिने उल्लेख छ । यसैगरी मंसर ३० गते राजधानीमा मोटरसाइकल र्याली र पुष ४ गते माइतीघरदेखि संविधानसभा भवनसम्म मार्चपासका कार्यक्रमहरु तय भएको विज्ञप्तिमा उल्लेख छ । थप आन्दोलनका कार्यक्रमको स्वरुप् आबश्यकता हेरी तय गरिने अध्यक्ष तुलाधरले बताए ।

पत्रकार सम्मेलनमा मल्ल के सुन्दर, सुरेश आले लगायत जनजाति अगुवाहरुको उपस्थिती रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %