महासंघद्वारा खबरदारी सभा

Read Time:1 Minute, 36 Second

देब पचभैया

काठमाडौं, ४ मंसिर – नेपाल आदिवासी जनजाति महासंघले पहिचान सहितको संघीय संविधान निर्माणमा दबाब दिने उदेश्यले खबरदारी विरोध सभा गरेको छ ।

   राजधानीको प्रज्ञाभवन कमलादीमा आयोजित विरोध सभामा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले लामो समयदेखी जातीय पहिचान सहितको संघीय संविधान निर्माण गर्न आन्दोलनरत जनजातिसंग विगतमा राज्यले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पहिचान सहितको संघीय संविधान नआए आफुहरुलाई मान्य नहुने बताए ।

विरोध सभामा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गराउनुपर्ने, आइएलओ १६९ कार्यान्वयन गनुपर्ने लगायतका माग राखेको छ । गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरणलाई संस्थागत गराउन आफुहरुले आन्दोलन गरेको महासंघले जनाएको छ ।

विरोधसभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका पद्मरत्न तुलाधर, जनजाति अगुवा लगायत विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %