आङ काजी शेर्पा किसान
१) पहिचान र सङघीयता विरोधी नेता के पी ओलीको निर्देशनमा राजकुमार लेखिले आदिवासी जनजाति आन्दोलनको विरोध गरेको आरोप आदिवासी जनजातिहरुले लगाएका छन् ।
२) आदिवासी थारु समुदयलाई विभाजन गराएर थरुहट/तराई/मधेश आन्दोलनलाई कमाजोर बनाउनका लागि ओली र एमालेले राजकुमार लेखिलाई विगतदेखि प्रयोग गर्दै आएको लेखिका निकट स्रोतले बताएका छन् ।
३) स्मारण रहोस स्वेदश तथा विदेशको राजनीतिक बृत्तमा तहल्का मचाएको २०६९ जेठ ७, ८ र ९ गतेको आदिवासी जनजातिको आन्दोलनको पनि राजकुमार लेखिले खुलेर विरोध गरेका थिए । यहि कारण लेखीको मातृ संगठन थारु कल्याणकारिणी सभाले समेत सहभागि भएको उक्त आन्दोलनका कार्यक्रमहरुमा राजकुमार लेखिलाई मन्तव्य व्यक्त गर्नबाट बन्चित समेत गरेका थिए ।
४) पहाडे र तराई आदिवासी जनजाति बीच विभाजन गरेर आफनो र आफ्ना मालिका राजनीतिक स्वार्थ सिद्ध गर्न राजकुमार लेखि मरेर लागि परेको विश्लेषकहरुको ठहर छ । संभवत यो कार्यको लागि मलिकहरुबाट लेखिले ठूलो धनराशी कुमल्याएको छ , नाम उल्लेख नगर्ने सर्तमा उनको निकट मित्रको दावी छ ।
५) बिजय कुमार गच्छेदार र उपेन्द्र यादवलाई राजनीतिक काउण्टर अट्याक गर्नका लागि पनि के पी ओली र एमालेले लेखिलाई प्रयोग गरेको स्रोतको दावी छ ।
६) नेपाल आदिवासी जनजाति महासंघमा अध्यक्ष र महासचिव भएर ३ बर्षसंगै काम गरेको नाताले यो आरोप गलत हो भने लिखित खण्डन गर्नु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएकोछु ।
