पोखराको सुरक्षा स्थिति संवेदनशील बन्दै

Read Time:6 Minute, 21 Second

प्रहरीको सक्रियता बढ्यो

रूद्र श्रीसमगर

पोखरा, २ मंसिर

पर्यटकीय नगरी पोखरामा जनघनत्व बढ्दै गएपछि सुरक्षा संवेदनशीलता समेत बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीका सुविधालगायतका विभिन्न कारणले पोखरामा बसाइँ सरि आउनेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । त्यतिमात्र नभएर विभिन्न कारणले पोखरालाई अस्थायी बसोबास थलो बनाउनेहरू पनि कम्ती छैनन् ।

मानिसहरूको बाक्लो चलखेल बढ्दै गएपछि पोखरामा सुरक्षा स्थिति समेत संवेदनशील बन्दै गएको प्रहरीको भनाइ छ । सुरक्षा स्थिति मजबुत बनाउन प्रहरी सक्रियता उत्तिकै बढाइएपनि प्रहरीको सक्रियताले मात्र नपुग्ने र नागरिक स्वयं पनि सतर्क एवं संवेदनशील बन्नुपर्ने प्रहरीको सुझाव छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार सोमबार मात्र एक नाल चिनियाँ पेस्तोल, छ राउण्ड गोली, एक थान म्यागजिन र मानिसलाई सुँघाएर लठ्ठ्याउने झोल पदार्थ क्लोरोफर्म पाँच सय मिलिसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मगलबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका चार जना अभियुक्तहरू पर्वत, बाजुङ–६ का ३३ वर्षीय ज्ञानबहादुर गुरुङ, सुनसरी, डुमराहा–५ का ३४ वर्षीय महिन नारायण चौधरी, ३० वर्षीय ज्ञानु चौधरी, भारत, मोतिहारीका २८ वर्षीय बिट्टु सिंहलाई बरामद हातहतियार सहित सार्वजनिक ग¥यो ।

विगतमा विभिन्न स्थानहरूमा घटना घटाई पक्राउमा परी जेल सजाय समेत भुक्तान गरी छुटेका र विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरूको बारेमा सूचना सकलन एवं व्यापक रूपमा खोजतलास गरिरहेकै अवस्थामा हातहतियारसहित केही अपराधिक क्रियाकलापमा संलग्न मानिसहरू पोखरा प्रवेश गरेका छन् भन्ने विशेस सूचनाको आधारमा निजहरूलाई जिप्रकाबाट खटिएका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी वसन्त कुमार लामाले जानकारी दिए ।

केही दिन अगाडि पोखराका विभिन्न स्थानमा चोरी गरी फरार रहेका जिल्ला पर्वत बाजुङ गा.वि.स. वडा नं. ६ बस्ने ज्ञानबहादुर गुरुङलाई पोखरा उ.म.पा. वडा नं. ७ माछापुच्छ टोलबाट प्राप्त हुलियाको आधारमा पक्राउ गरी तत्काल प्रारम्भिक सोधपुछ गर्दा निज ज्ञानबहादुर गुरुङले आफू बस्ने गरेको पोखरा उ.म.पा.वडा नं. ७ झपेन्द्रमार्गस्थित ज्ञानु चौधरीको डेरा कोठामा हतियार लुकाई छिपाई राखेका छांै भनी बताएको आधारमा तत्कालै निज ज्ञानु चौधरीको कोठामा गई खानतलासी गर्दा ल्य.ठठण्ण् ःबमभ ष्ल क्ष्तबथि लेखिएको पेस्तोल नाल–१, गोली राउण्ड–६ र म्याग्जिन थान–१ (लोडेड अवस्थामा) र सुँघाई लट्ठ्याउने क्लोरोफर्म भनिने झोल पदार्थ अं. ५०० एम.एल.सहित जिल्ला सुनसरी डुमराहा गा.वि.स. वडा नं.५ बस्ने ३४ वर्षीय महिननारायण चौधरी, त्यहीँकै तुफान चौधरीको छोरा वर्È ३० को ज्ञानु चौधरी, भारत मोतिहारी जिल्ला साहेबगञ्ज थाना घर भई हाल जिल्ला पर्सा मुरलीचोकस्थित शिव मन्दिर नजिक डेरा गरी बस्ने नारायण सिंहको छोरा वर्È २८ को बिट्टु सिंहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लामाले जानकारी दिए ।

प्रहरी उपरीक्षक लामाले दिएको जानकारी अनुसार निजहरूलाई प्रारम्भिक अनुसन्धान गर्दा केही दिनभित्रै पोखरा नगरमा ठूलो सुनचादी पसलमा डकैती गर्ने योजना रहेको भन्ने खुल्न आएको छ । चार अभियुक्तहरू पक्राउ परेपछि कारागारबाट छुटेकाहरूमाथि समेत निगरानी बढाइएको भन्दै एसपी लामाले पोखरा र समग्र कास्की जिल्लाको सुरक्षा सृदृढ गर्नका लागि प्रहरी सक्रियता बढाइएको बताए । अपराधीहरूको समूहले पोखरामा ठूलो घटना घटाउन खोजेको तर, आफूहरूको सक्रियताले अपराधीहरू समातिएकाले ठूलो सफलता हात लागेको बताउँदै एसपी लामाले आफूले सुरक्षा सतर्कता अझै बढाउन निर्देशन दिएको समेत बताए ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पोखरा सहरमा यसअघि जडान गरिएका सीसीटीभी क्यामेराको पुनर्मर्मत गर्ने र नयाँ जडानका लागि समेत आवश्यक लागत इस्टिमेट गरी दाताहरूसँग कुरा भइरहेको लामाले बताए । सीसीटीभी क्यामेराका लागि आफूले पोखरा उद्योग वाणिज्य सङ्घ र वित्तीय सङ्घसंस्थाहरूसँग कुराकानी गरिरहेको भन्दै एसपी लामाले त्यसका लागि एउटा कोष नै खडा गर्ने सोंच रहेको समेत उल्लेख गर ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %