देब पचभैया
काठमाडौं, १ मंसिर – आदिवासी जनजातिको मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएको जनजाति महासंघ र तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनबीच संविधानमा जनजातिको पहिचान र हक अधिकारका विषयमा एक भएर अघि बढ्ने सहमति भएको छ ।
(फोटो : नेपाली समचार डटकम)
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को समन्वयमा आईतबार जनजाति महासंघको कार्यालय ललितपुरमा बसेको शीर्ष नेतृत्वबीचको बैठकले आन्दोलनलाई एकतावद्ध भइ अगाडि बढाउने सहमति भएको हो । बैठकमा नयाँ संविधान निर्माणको प्रकृयामा जातीय पहिचान सहितको संघीय संविधान जारी गर्ने मुद्दामा एक भएर आन्दोलन गर्न दुवै पक्ष सहमत भएको सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा आन्दोलनको स्वरुप र कार्यक्रमबीच थप छलफल गर्दै अघि बढ्न दुवैपक्षबीच सहमति भएको जनजाति महासंघका अध्यक्ष कुमाल र तुलाधरद्वारा हस्ताक्षरित सहमित पत्रमा उल्लेख गरीएको छ ।
