मगर लेखक सङ्घ गण्डकीको दुई सदस्य पदमा राना र थापा मनोनित

Read Time:2 Minute, 14 Second

रूद्र श्रीसमगर

भिमाद, २९ कात्तिक – नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको प्रथम पूर्ण बैठक शनिबार तनहुँको भिमादमा सम्पन्न भएको छ ।

सो बैठकले रिक्त तीन सदस्यमध्ये दुई सदस्य पदमा पदपूर्ति समेत गरेको छ । जसमा हुमा थापामगर (मनाङ) र विना रानामगर (लमजुङ) रहेका छन् भने रिक्त एक सदस्य गोरखाबाट पछि मनोनित गरिने जनाइएको छ ।

साथै, बैठकले सात सदस्यीय सल्लाहकारहरू समेत चयन गरेको छ । जसमा मगर भाषाका वरिष्ठ साहित्यकार लोकबहादुर थापामगर, वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर, संस्कृतिकर्मी यमबहादुर आलेमगर, फूलकुमारी थापामगर, इन्दिरा थापामगर, पूर्व अध्यक्षद्वय रूद्र ‘सन्देश’ मगर र रूद्रबहादुर श्रीसमगर रहेको अध्यक्ष गीता थापामगरले जानकारी दिए ।

सो बैठकले आफ्नो तीन वर्षे कार्यकालका क्रममा गरिने त्रिवार्षिक कार्ययोजना समेत बनाएको छ । त्यस्तै, प्रत्येक तीन-तीन महिनाको पहिलो शनिबार नियमित बैठक बस्ने र मासिक लेबी ३० रुपैयाँ उठाउने निर्णय समेत बैठकले गरेको अध्यक्ष थापामगरले जनाउ दिए ।

बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन समेत गरेको छ । 

अध्यक्ष गीता थापामगरको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन सचिव ऋतुभक्त थापामगरले गरेका थिए भने बैठकमा निवर्तमान अध्यक्ष रूद्रबहादुर श्रीसमगरले मगर भाषा र साहित्यका विविध विषयमा जानकारी एवं सुझाव प्रस्तुत गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %