विविधताको प्रतिनिधित्व नभए देश बचाउन गाह्रो : आयुक्त ठाकुर

Read Time:3 Minute, 45 Second

लै·कि, समावेशी तथा निर्वाचनसम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

रूद्र श्रीसमगर

बागलुङ, २५ कात्तिक – संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) निर्वाचन सहयोग परियोजना र लोकतन्त्र, सुशासन तथा निर्वाचनका लागि स्रोत व्यवस्थापन (ब्रिज) नेपालको सहयोगमा निर्वाचन आयोग नेपालको आयोजनामा ‘लै·कि, समावेशी तथा निर्वाचनसम्बन्धी तीन दिने कार्यशाला’ मङलबार बागलुङमा सम्पन्न भएको छ ।

कार्यशालाको समापन गर्दै निर्वाचन आयोगका आयुक्त डा. रामभक्त पीबी ठाकुरले देशको विविधतालाई राज्यमा प्रतिनिधित्व गराउन नसकिए देश बचाउन गाह्रो हुने बताएका छन् ।

‘देशको जस्तो तस्वीर छ, संसदमा त्यस्तै प्रतिनिधित्व हुनुपर्छ’, आयुक्त डा. ठाकुरले भने, ‘देशमा आदिवासी जनजाति, दलित, मधेशी, महिला जे जति प्रतिशत छन्, तिनको त्यस्तै अनुहार राज्यमा देखिनुपर्छ ।’ तालिमलाई ७५ जिल्लामा पुर्याउन आवश्यक रहेकोमा जोड दिँदै आयुक्त डा. ठाकुरले तालिममा भएको सहभागिताले आफू हर्षित भएको उल्लेख गरे ।

तालिमका प्रशिक्षक एवं आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले धन्यवाद ज्ञापन गर्दै तालिमका क्रममा सहभागीले दिएका सुझावलाई आयोगले गम्भीरतापूर्वक लिएको बताए । अञ्चलस्तरीय तालिम समापनपछि पुनः जिल्लास्तरमा पनि तालिम सञ्चालनका लागि छलफल गर्ने क्रममा रहेको उनको भनाइ थियो ।

तालिमका प्रशिक्षार्थी दलित सञ्जाल मुस्ताङका अध्यक्ष धीरेन्द्र विकले यस्तो तालिमलाई राष्ट्रव्यापी बनाउनुपर्नेमा जोड दिँदै तालिमका सहभागीहरूलाई सहजकर्ताका रूपमा जिल्लास्तरमा खटाउन सकिने सुझाव दिए ।

अर्की प्रशिक्षार्थी एवं गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी सचिव इन्दिरा पौडेलले तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा टेवा पुगेको भन्दै तालिमको विस्तार आवश्यक भएकोमा जोड दिए ।

बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत र कास्की गरी पाँच जिल्लाका आदिवासी जनजाति, दलित, महिला, अपा·ता भएका व्यक्ति, दृष्टिविहीनसँग सम्बन्धित सङ्घसंस्थाका २७ जना प्रतिनिधिहरू सहभागी तालिममा आयोगका उपसचिव अर्यालसहित उपसचिव लक्ष्मीदेवी हुमागाईँ, बागलुङका जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्याय, आयोगका शाखा अधिकृत बद्रीनाथ गैह्रे, युएनडीपी निर्वाचन सहयोग परियोजनाकी संयोजक निकिला श्रेष्ठले प्रशिक्षण एवं सहजीकरण गरेका थिए ।

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो भने समापन कार्यक्रमको सञ्चालन आयोगका शाखा अधिकृत बद्रीनाथ गैह्रेले सञ्चालन गरेका थिए ।

    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %