विनोद रखाली मगर
कात्तिक २४, गल्याङ,हरिवोधनि एकादशीको अवशर पारी दामाचौर युवा क्लवले आयोजना गरेको वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिताको उपाधि आयोजक दामाचौर युवा क्लव चापाकोट – ७ ले हात पारेको छ । उसले उपाधि सङ्गै नगद रु.३० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो, यता उपविजेतामा चित्त वुझाउदै सृजनशिल युवा क्लव कुहुन्साले नगद रु.२० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
जलदेवि युवा क्लव मकैडांडा तृतीय स्थान ओगट्दै नगद रु.१० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । स्याङ्जा, पाल्पा, तनहुँ जिल्लाका सेखाम, मल्याङ्कोट, साखंर, चापाकोट नगरपालिका , रामपुर नगरपालिका,वैदी लगाएतको क्षेत्रदेखि कुल ३१ क्लवको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दै आयोजक दामाचौर युवा क्लवका सद्धाम मोहमद् मिया उत्कृष्ट खेलाडि घोषित भए । उनले अवार्ड सङ्गै आर्कषक पुरस्कार , शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । क्लवका अध्यक्ष खगेश्वर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै समाजसेवि वयोवृद्ध चन्द्रलाल कुमालले युवाहरुलाई खेलकुदले स्वस्थ तथा अनुशासित वनाउनमा महत्वपूर्ण टेवा पुर्याउने उद्धघोष गरे । कार्यक्रमको सन्चालन शिव कुवँरले गरेका थिए ।
