सहकारी संस्थाहरु राजनैतिबाट पृथक रहनु पर्ने

Read Time:4 Minute, 6 Second

गोविन्द घर्ती
देवदह कार्तिक २२ । सहकारी संस्थाहरु राजनैतिबाट पृथक रहनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सहकारीमा नेतृत्व छनोट गर्दा कुनैपनि हालतमा राजनैतिक भागवण्डा गर्न नहुनेमा जोड दिएका थिए । पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहको तेश्रो बार्षिक साधारणसभा तथा प्रथम अधिवशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका सदस्य तुल्सीनाथ पौडेलले सहकारीहरुले शेयर सदस्यलाई व्यवसायीक बनाउन पर्ने बताएका थिए । सहकारीको पहुच गरिव नागरिक सम्म पुग्नु पर्नेमा जोड थियोे । सोही कार्यक्रममा बोल्दै अर्का वक्ता सहकारीविज्ञ डा. खगराज शर्माले सहकारी गुणात्मक विकासको लागि नीति नियम परिवर्तन गर्न आवश्यक रहेको बताए । शेयर सदस्यले सम्पुर्ण आर्थिक कारोवार सहकारी मार्फत गर्नुपर्नेमा जोड दिएका थिए । उहाले सहकारी मार्फत आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने भएकाले एक घर एक सहकारीको अवधारणालाई अवलम्वन गर्नु पर्ने बताए । सहकारीका अध्यक्ष खुमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवलका संचालक प्रकाश अर्याल, उद्योगी हिराबहादुर खत्री, दुग्ध उत्पादक जिल्ला सहकारीका पुर्व अध्यक्ष दिनानाथ अर्याल, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, एमालेका केशव भट्टराई, एमाओवादीका कृष्ण ढकाल, राप्रपाका मित्रलाल खरेल, नेकपा माओवादीका ऋषिराम लामिछाने, कोलिय बचत तथा ऋण सहकारीका सुवकान्त न्यौपाने, युगज्योति माविका वासुदेव रिमाल, सल्लाहकार दिनानाथ अर्याल लगायतले बोल्दै देशको विकासको लागि सहकारीको विकास अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक, प्रवेशीका परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोविन्द तिवारीले आर्थिक प्रतिवेदन, लेखा संयोजक वालकृष्ढा रिमालले लेखा प्रतिवेदन र संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले खुमप्रसाद भण्डारीको अध्यक्षतामा नया संचालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विनोद शर्मा, सचिवमा टिका गौतम, कोषाध्यक्षमा गोविन्द तिवारी रहेका छन । त्यसैगरी सदस्यहरुमा गंगाविष्णु चौधरी, हिमा रिजाल, भिमप्रसाद न्यौपाने, कृष्ण गैरे, दुर्गा प्रसाद तिवारी रहेका छन । लेखा समितिको संयोजकमा वालकृष्ण रिमाल, सदस्यहरुमा ताराप्रसाद लुईटेल र ज्योति श्रेष्ठ रहेका छन । सहकारीका सचिव टिका गौतमको संचालनमा कार्यक्रम सम्पन्न गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %