एक महिनामै ७२ सवारी अनुमति पत्रमा प्वाल पारियो

Read Time:2 Minute, 7 Second

देब पचभैया  

पाल्पा,कार्तिक २४ – जिल्ला प्रहरी कार्यालय पाल्पाले चरमलापरबाही ढंगले गाडी चलाएको भन्दै एक महिनाको अवधीमा मात्रै ७२ वटा  चालक अनुमति पत्र (लाईसेन्स) मा प्वाल पारिदिएको छ । पाच लाख बढी राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख खिमानन्द काफ्लेका अनुसार सिट क्षमता भन्दा  बढी यात्रु चढाउने,  छटमा यात्रु राखेर हिड्ने, मादक पदार्थ सेवन गरी सार्बजनिक सवारी चलाउने ,  राजमार्गमा गाडी रोकेर बाटो जाम गरिदिने लगाएतका गल्ती गर्ने चालकका लाईसेन्समा प्वाल पारिएको हो । पाल्पामा गल्ती गर्ने चालकलाई हजार रुपिया सम्म जरिवाना काटिएको छ ।

सिटसंख्या भन्दा बढी यात्रु राखेर भ्रमण हिडेका र बिहेका गाडीलाई समेत प्रहरीले कारबाही गरेको छ ।

तर सामान्य गल्तीलाई लिएर लाईसेन्समा प्वालै  पारिएको भन्दै चालकहरुले भने असन्तुष्टी पोखेका छन् । बढी यात्रु राखेको भन्दै पाल्पा घुम्न आएका पर्यटकका  गाडीलाई समेत कारबाही गर्दा जिल्लाको पर्यटन क्षेत्रमा असर परेको भन्दै जिल्लाका पर्यटन ब्यवशायीहरुले पनि ब्यवहारिकता हेरेर कारबाही गर्न प्रहरी समक्ष आग्रह गरेका छन् ।

जिल्लामा सवारी दुर्घटनाको दर दिन दिनै बढ्न थालेपछि दुर्घटना न्युनिकरणको लागी प्रहरीले गल्ती गर्ने चालकको लाईसेन्समा प्वाल पार्ने अभियान संचालन गरेको बताएको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %