हाकिम संग भएको २८ सय ९५ जफत
देब पचभैया
पाल्पा, कार्तिक २३ – पाच सय देखि हजार रुपिया सम्म पैसा लिएर सय रुपियाको मात्रै रसिद दिएको भन्दै सेवा ग्राहीले प्रशासनमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालयले आज डिभिजन सहकारी कार्यालय पाल्पामा छापा मारेको छ ।
कार्यालय प्रमुख नेत्र घिमिरेले आफुहरु संग पाच शय देखि हजार रुपिया लिएर पनि सय रुपियाको मात्रै रसिद दिएको भन्दै ३ जना सेवा ग्राहीले प्रशासनमा आज लिखित निबेदन दिएपछि जिल्ला प्रशासनका नासु टंक पाण्डे र लक्ष्मण घिमिरेको टोलीले सहकारीमा छापा मारेको हो ।
सहकारी अनुगमन मापदण्ड २०६८ अनुसार नया आर्थिक बर्षको ३ महिना भित्र सहकारीले बार्षिक प्रतिबेदन बुझाउनु उल्लेख भएअनुसार असोज मसान्तमा प्रतिबेदन नबुझाउनेलाई कारबाही भन्दै कार्यालय प्रमुख घिमिरेले आफैले रसिद काटेको भेटिएको र उनीसंग भएको २८ सय ९५ रुपिया जफत गरिएको अनुसन्धानमा खटिएका जिल्ला प्रशासनका नासु टंक पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार शहकारीका प्रमुख घिमिरेलाई भोलि बिहान १० बजे बयानको लागी प्रशासनमा बोलाईएको छ ।
अडिट रिपोर्टको लागी गएको शुक्रबार गुल्मीबाट आएकी एक महिलालाई गाडी भाडा समेत नरहने गरी कार्यालय प्रमुखले १५ रुपिया लिएको र उनी कार्यालय परिसरमै रोएको कार्यालयका कर्मचारीहरुले पत्रकारलाई जानकारी दिएका छन् । एक महिना अघि मात्रै सरुवा भएर पाल्पा आएका कार्यालयका प्रमुख घिमिरेले भने आफुले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।
पाल्पामा पहिले पौष मसान्त भित्रमात्रै अडिट गर्ने परिपार्टी चलेको आफुले बुझेपछि कार्तिक १५ सम्मलाई आफुले पनि छुट दिएको भन्दै त्यसपछि पनि अडिट रिपोर्ट नबुझाउने लाई कारबाही स्वरुप शय रुपिया जरिवाना लिएको बताए । धेरै पैसा लिएर सयको रसिद दिएको कुरा झुट भएको उनको दाबी थियो ।
