देब पचभैया
पाल्पा, कार्तिक २३ – ८ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक युवकलाई पक्राउ गरी आबश्यक अनुसन्धान अगाडि बढाएको छ । बालीकालाई फकाईफुलाई जवरजस्ती करणी गरेको आरोपमा पुर्बी पाल्पाका १७ बर्षिय डोल बहादुर दर्लामीलाई प्रहरीले आज दिउसो पक्राउ गरेको हो ।
हिजो बेलुकी साढे सात बजे तिर बालिकालाई घरमाथिको बारीमा लगेर डोल बहादुरले बालिकालाई करणी गरेको पिडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
आठ बर्ष मुनिका बालिकालाई करणी गरेमा १० देखि १५ बर्ष सम्मको कैद हुने कानुनमा उल्लेख गरिएको छ ।
