देब पचभैया
पाल्पा, कार्तिक २३ – तानसेन खानेपानी उपभोक्ता समितिको निर्बाचन प्रकृया रोकिएको छ ।
आगामी २५ गते हुने भनिएको वडा स्तरको निर्बाचन र २८ गते हुने भनिएको मुल कार्यसमितिको कार्यसमितिको सबै निर्बाचन रोकिएको तानसेन नगरपाललिकाका योजना तथा प्रशासकिय अधिकृत एबं खानेपानी उपभोक्ता समितिको निर्बाचन अधिकृत बिष्णु पौडेलले जानकारी दिए ।
तानसेन नगर भित्रका १२ वटै नगरमा आगामी २५ गते निर्बाचन हुने कार्यतालिका रहेको थियो । हरेक वडा बाट सात सदस्य निर्बाचित गर्ने र २८ गते मुल कार्यसमितिको निर्बाचन हुने निर्बाचन आयोगले कार्यतालिका तोकेर काम अगाडि बढाएको छ ।
तानसेनको खानेपानीको समस्या निकै जटिल भएको र यस समितिमा सबैलाई प्रतिनिधित्व गराउन केही समयको लागी निर्बाचन रोकिएको पाल्पाका राजनैतिक दलका नेताहरुले जानकारी दिएका छन् । निर्बाचन भन्दा पनि सहमतिमा पदाधिकारी चयन गर्ने प्रयास स्वरुप आबश्यक छलफल गर्न पनि समय चाहीने भन्दै निर्बाचन रोक्न आग्रह गरेको नेताहरुले जानकारी दिएका छन् ।
