नेपाल मगर विद्यार्थी संघ रामेछापमा जयदिप मगर

Read Time:4 Minute, 11 Second

दिपा आलेमगर

फोटो : शरोज थापा मगर

मन्थली रामेछाप , कार्तिक २३ – नेपाल मगर विद्यार्थी संघ मन्थली रामेछाप कार्यसमितिको दोस्रो अधिवेशन शनिबार मन्थली बजारमा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।

 

 

दोस्रो अधिवेशनले जयदिप मगरको अध्यक्षतामा उपाध्यक्ष कमला मगर, सचिव विन्देशवर थापामगर, सहसचिव रुपा जर्कामगर, कोषाध्यक्ष ताज मगर लगायत १९ कार्यसमिति सदस्यीय चयन गरेको हो ।  कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले देशै भरि छरिएर रहेका मगर विद्यार्थीहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । उहांले यति बेला सबै मगर विद्यार्थीलाई ध्यानाकर्षण गर्दै अब बन्ने नयां संविधानमा आफ्ना अधिकारहरु स्थापीत गर्न चनाखो हुनु पर्ने बताउनु भयो ।

 

 

 

 

 

 

 

 

 

 

अध्यक्ष आलेमगरले वर्षौदेखि राज्यबाट पाउने अधिकार बाट बञ्चित भएका मगर समुदायलगायत आम आदिबासी जनजाति, दलित, मुस्लिम,मधेशी, महिला, अपांगको हक अधिकारकोलागि मगर विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । राज्य अहिले पनि एकात्मकबादी चिन्तनमा अघि बढेको संज्ञा दिर्दै सबै जातजाति, भाषाभाषी, धर्म, लिङ्ग क्षेत्र वर्गको हित हुने खालको संविधान बन्नु पर्ने बताउनु भयो । 

  उहांले मुलुक एउटा बहुजातीय, बुहभाषीक र बहुधार्मिक विविधताले भरिएको देशमा सबैको भावनालाई सम्बोधन गर्ने खालको संविधान बनाउन राज्यको ध्यानाकर्षण गराउनु भयो । मगर विद्यार्थीले आफ्नै मौलिक भाषामा उच्चशिक्षा हासिल गर्न पाउनु पर्ने माग राख्दै सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मगर विद्यार्थी संघका महासचिव गोम बहादुर रानामगर, कोषाध्यक्ष कोकिल अस्थानीमगर, केन्द्रीय सदस्यद्वय श्याम रानामगर, निरज पुनमगर, नेपाल आदिबासी जनजाति महासंघ मन्थली रामेछापका अध्यक्ष खड्क बहादुर आलेमगर, नेपाल मगर संघ रामेछापका उपाध्यक्ष शेर बहादुर थापामगर, नेपाल आदिबासी जनजाति महिला महासंघ मन्थलीका पूर्व अध्यक्ष तारा राईमगर, नेपालमगर संघ केन्द्रिय सदस्य एव जिल्ला अध्यक्ष किरण पुनमगर लगायतले अब बन्ने संविधानमा पहिचान सहितको संघीयता, आन्तमनिर्णय र संघीय शिक्षा प्रणाली लागू हुनु पर्ने विषयमा जोड दिनु भएको थियो ।

  उद्घाटन सत्रको अध्यक्षता रामेछाप मगर संघका अध्यक्ष किरण थापामगरले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन सचिव विन्देश्वर थापामगरले गर्नु भएको थियो त्यसैगरी स्वागत मन्तब्य सहसचिव जयदिप मगरले गर्नु भएको हो ।

दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले खादा तथा अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । साथै कार्यक्रमका अतिथिहरुले पनि निर्वाचित पदाधिकारीहरुलाई शुभकामना बधाई दिनु भएको थियो ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %