देब पचभैया
पाल्पा, कार्तिक २० – न्यु होराईजन उच्च माबिको रजत महोत्सबको उपलक्ष्यमा भोलि (शुक्रबार) तानसेनमा अंचल स्तरिय अन्तरमाबि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
न्यू होराईजन उच्च माबि तानसेन पाल्पाको कार्यालय हुलाङ्गदीमा हुने प्रतियोगितामा पाल्पाका ४० बढी बिधालयहरुले भाग लिने आयोजकले बताएका छन् ।
प्रतियोगिताका संयोजक न्यु होराईजन बुटवलका शिक्षक बिष्णु बस्यालले हाजिरी जवाफ प्रतियोगिताको बारेमा जानकारी दिदै लुम्बिनि अंचलका केही जिल्लाहरुमा सकिएको जानकारी दिए । बिधार्थीहरुको बौद्धिक बिकास संगै जिल्लाका बिधालयहरु संग सम्बन्ध सुधारको लागी आफुहरुले यस्ता प्रतियोगिताहरुको आयोजना गरिएको उहाले जानकारी दिए ।
तानसेनमा आज पत्रकार सम्मेलनको आयोजना गरी बिधालयका सस्थापक हरुले हाजिरी जवाफ प्रतियोगिता र न्यु होराईजन उच्च माबिको समग्र ईतिहास र बर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । निर्मल प्रसाद लाकौलको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि बिमलबहादुर शाक्यले आम अबिभाबकहरुको सहयोगले न्यु होराईजन उच्च माबिले धेरै फड्को मारेको भन्दै आगामी दिनमा पनि जनताको ठुलो सहयोग आबश्यक भएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालले न्यु होराईजन बोर्डिग स्कुलले पाएको सफलतालाई अन्य बिधालयहरुले पनि अनुसरण गर्नु पर्ने तर त्यसको लागी न्यु होराईजन स्कुलले सहयोग गर्नुपर्नेमा जोड दिए । डासुराम पन्तको स्वागत र शिक्षक पुरसोत्तम भण्डारीको संचालनमा कार्यक्रम सम्पनन भएको थियो ।
न्यु होराईजन उच्च माबिले आफ्नो रजत महोत्सब आगामी माघ २१ र २२ गते बुटवलमा मनाउने तयारी गरेको छ ।
