एक शिक्षक माथि अख्तियारमा उजुरी परेपछि पाल्पामा राजिनामा दिने शिक्षकको लर्को

Read Time:1 Minute, 31 Second

देब पचभैया

पाल्पा, कार्तिक २० – नक्कली सर्टिफिकेटमा एक शिक्षक माथि उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको भन्दै पाल्पामा शिक्षकहरुले धमाधम राजीनामा बुझाएका छन् ।

एक महिनाकै अवधीमा २५ जना शिक्षकले राजीनामा बुझाएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ । स्रोतका अनुसार राजीनामा बुझाउने शिक्षकको संख्या ६० बढी पुग्ने अनुमान गरीएको छ । एक शिक्षकले भारतको बिश्वबिधालयबाट नक्कली सर्टिफिकेट किनेर जागिर खाएको उजुरी परेपछि अख्तियारले जिल्लाका सबै शिक्षकको कागजात तयार पार्न शिक्षाकार्यालयलाई निर्देशन दिएको थियो । शिक्षा कार्यालयले कागजात माग्न थालेपछि कारबाहीमा परिने डरले उनीहरुले राजीनामा दिएको बताईएको छ ।

राजीनामा दिनेमा अधिकांश पेन्सको अवधी पुगेकाहरु रहेका छन् । पहिल्यै भातरबाट १२ कक्षा पास भएको प्रमाणपत्र बुझाएका शिक्षकले धेरै पछि नेपालबाट एस,एल,सि पास गरेको भेटिएको पनि शिक्षा स्रोतले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %