साझा सहमतिको संविधान ल्याउन जनमुक्तिको जनदवाव अभियान

Read Time:2 Minute, 29 Second

गोविन्द घर्ती

रुपन्देही , कार्तिक १९ – अन्तरिम संविधान भन्दा पछाडी फर्कने खालको संविधान बहुमतको आधारमा कसैबाट ल्याउन खोजीए त्यो राजनैतिक दुघर्टना हुने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताएका छन् ।

उनले २०६२-०६३ को आन्दोलनद्धारा प्राप्त उपलव्धीलाई संस्थागत गर्दै अगाडी बढ्ने खालको संविधान अपरिहार्य रहेकोमा जोड दिए । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको प्रशिक्षण सहीतको बैठकमा बोल्दै उनले उक्त कुरा बताएको हो। उनले साझा सहमतिको संविधान ल्याउन पार्टीले देशव्यापी जनदवाव मुलक अभियान संचालन गर्ने निर्णय गरेको हुदा पार्टीका कार्यकर्ताहरु सोही अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए ।

लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्रप्रसाद रौतहतको अध्यक्षतामा भएको बैठकले पार्टीको हेटौडामा सम्पन्न १४ औं विस्तारित बैठकले पास गरेका तोकिएको समयमा सहमतिको दस्तावेजको रुपमा नया संविधान जारी गराउनको लागि देशव्यापी रुपमा खवरदारी अभियानलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पार्टीको हेटाौडाको बैठकले पास गरेको मंसीर १५ गते भित्र १२ वटा प्रदेशमा दवाव मुलुक जनप्रदर्शनलाई लुम्विनी राज्य परिषदमा पनि कार्यान्वयन गर्ने निर्णय गरेको सविच तिलबहादुर झेडीले बताए । बैठकमा पार्टीका उपमहासचिव टोप अस्लामी, स्थायी समिति सदस्य रामु परियार, लुम्विनी राज्य परिषदका ईन्चार्ज अशोक पुन लगायतले आ–आफना भनाई राखेका थिए ।

परिषदका सचिव तिलबहादुर झेडीको संचालनमा भएको कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %