आदिवासी जनजाति युवा महासंघ पोखरामाःअनिता श्रेष्ठ

Read Time:3 Minute, 4 Second

रूद्र श्रीसमगर

पोखरा, १६ कात्तिक

आदिवासी जनजाति युवा महासंघ नेपाल कास्कीको यही कात्तिक २२ गते हुने तेस्रो जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा सगठन विस्तारले तीव्रता पाएको छ ।

सगठन विस्तार अभियानका शिलशिलामा आइतबार सम्पन्न पोखरा उपमहानगरपालिका वडा नं. ३ का आदिवासी जनजाति युवाहरूको भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय आदिवासी जनजाति युवा महासङ्घ नेपाल वडा समिति चयन गरेको छ ।

सो भेलाबाट उपाध्यक्षमा विश्वास गुरुङ ‘भाइ’ सचिवमा अस्मिता थकाली, सह–सचिवमा योगेन्द्र गुरुङ र कोषाध्यक्षमा माया श्रेष्ठ चयन भएका छन । त्यसैगरी, सदस्यहरूमा समीक्षा थकाली, प्रमिला गुरुङ, विनोद थापा, विनम तामाङ, सुवास छन्त्याल, रूपेश श्रेष्ठ, सुमन मानन्धर, सन्तोष पुन, अस्सु लिगल, जोगबहादुर तामाङ, पुष्पाञ्जली गुरुङ, धनमाया गुरुङ, अनमोल शेरचन र सपना थापा चयन भएका छन ।

यसअघि, भेलामा बोल्दै भेलाका प्रमुख अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्तीले आदिवासी जनजाति युवाहरूलाई अधिकारमुखी आन्दोलनमा होमिन अपिल गरेका थिए ।

आदिवासी जनजाति अधिकारका बारेमा बुझ्न र बुझाउन आवश्यक रहेको भन्दै अध्यक्ष घर्तीले अधिकार प्राप्तिको आन्दोलनमा समर्पित भएर लाग्नुको विकल्प नभएको बताए ।

एकीकृत नेकपा (माओवादी) कास्कीका सह–सचिव एवं तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कास्कीका अध्यक्ष धर्म गुरुङले राजावादी र हिन्दूवादीहरू सक्रिय भएको र आदिवासी जनजातिको अधिकार खतरामा रहेको भन्दै आदिवासी जनजाति युवाहरू सगठित हुनु आवश्यक रहेको बताएका छन ।

भेलामा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्र बहादुर श्रीसमगरले पनि बोलेका थिए ।

आदिवासी जनजाति युवा महासङ्घ नेपाल कास्कीका कार्यवाहक अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन कार्यवाहक सचिव कुमार थापामगरले गरेका थिए भने हिरा गुरुङले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %