मगरहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलन हुने

Read Time:3 Minute, 57 Second

काठमाडौ, कार्तिक १६ – नेपाल मगर संघ केन्द्रीय समितिले यही २०७१ फागुन १५, १६ र १७ गते काठमाडौ नेपालमा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलनको आयोजना गर्न गईरहेको छ । सो सम्मेलन सम्पन्न गर्नका लागि नेपाल मगर संघले निम्न निर्णयहरु सबैमा जानकारीको लागी अनुरोध समेत गरेको छ ।

प्रथम अन्तराष्ट्रिय मगर सम्मेलनको पूर्व तयारी बैठकको लागी  मिति २०७१ कार्तिक १ गते काठमाडौंमा सम्पन्न भएको छ । रोजगारी, व्यवसाय, अध्ययन लगायतका विभिन्न सिलसिलामा विभिन्न देशमा गरि बसोबास गरिरहेका नेपाली मगरहरु जो मगर संंघमा क्रियाशिल हुनुहुन्छ ति देशका मगर संघहरुको संस्थागत उपस्थिति रहेको यस तयारी बैठकमा ९ वटा प्रवासका मगर संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो जसमा यूके, जापान, हङकङ, मलेसिया, कतार, साउदी अरेबिया, बहराइन, इजरायल, युएई (दुबई) थिए । र आधा दर्जन प्रवासी मगर संघबाट अनुपश्थिति रहेता पनि बैठकको शुभकामना सहित निर्णय प्रति पूर्वसर्मथन जनाएका थिए ।

यस बैठकले तपसिल बमोजिमका निर्णयहरु सम्पन्न गरेकोछ ।

क) नेपाल मगर संघ केन्द्रीय समितिबाट पेश गरिएको अन्तरराष्ट्रिय मगर मञ्चको कार्यविधी र आर्थिक लागत विवरण माथी व्यापक छलफल गरि सहभागिहरुको रचनात्मक सल्लाह सुझाब समावेश गरिएको छ र आ–आफ्नो देशमा कृयाशिल समितिबाट कार्यविधीमाथी २०७१ मंसिर १४ गते (30th November 2014) भित्र नेपाल मगर संघमा आईपुग्ने गरि पुनः सुझाब पेश गर्ने गरि निर्णय भएको छ ।

ख) ऐतिहासिक अन्तराष्ट्रिय मगर सम्मेलन नेपाल मगर संघको सांगठनिक पर्व तथा मगर एकताको ३३ औं दिवस फागुन १५ को अवसर पारेर मिति २०७१ फागुन १५, १६ र १७ गते (27th, 28th February & 1st March 2015)  काठमाडौ नेपालमा आयोजना गर्ने निर्णय भएको छ । उक्त सम्मेलनमा हरेक देशमा कृयाशिल नेपाली मगरहरुको केन्द्रीय स्तरको संघको कार्यसमितिबाट एक जना महिला अनिवार्य हुने गरि तीन – तीन जना प्रतिनिधी सहभागिता हुने निर्णय भएको छ । र यस बैठकबाट हरेक देशलाई निर्धारण गरिएको आर्थिक दायित्व बमोजिम आर्थिक संकलन गर्ने निर्णय भएको छ ।

ग) आन्तराष्ट्रिय सम्मेलन मूल आयोजक समितिको गठन सम्बन्धमा प्रवासमा क्रियाशिल सबै मगर संघहरु संस्थागतरुपमा सदस्य रहने गरि सम्मेलनको मूल आयोजक समिति गठन गर्ने निर्णय गरियो । र सचिवालय सञ्चालन तथा सम्मेलनको व्यवस्थापन र संयोजन गर्न नेपाल मगर संघलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।

स्मरण रहोस : नेपाल मगर संघ केन्द्रिय समितिले २०५२ सालमा झापाको बिर्तामोडमा प्रथम आन्तराष्ट्रिय मगर बौद्ध सम्मेलन गरेर मगरले जुनै धर्म माने पनि मगरको धर्मको हकमा  बौद्ध धर्म र नामको पछाडि मगर लेख्ने निर्ण गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %