देब पचभैया
काठमाडौं, १४ असोज – समाचार रुममा आदिवासी जनजातिको समावेशीकरण र संचारमा आदिवासी जनजातिको मुद्दाले पाउने स्थान विषयक एकदिने राष्ट्रिय सम्वाद कार्यशाला सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आयोजना गरेको ‘संचारमा आदिवासी जनजातिको पहुँच संभावना र चुनौति’ विषयक कार्यशालामा नेपाली मूलधारे संचारमाध्यममा कार्यरत समाचार सम्पादक, प्रमुख, संयोजक लगायत विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा सूचनाको हक, समावेशी मिडिया आयोगको प्रतिवेदन, आदिवासी जनजातिका मुद्दामा मूलधारे संचारमाध्यमको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरीएको थियो । फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङले प्रस्तुत गरेको कार्यपत्रमा मूलधारे संचारमाध्यमका वरिष्ट पत्रकारहरु नेपाल टेलिभिजनका राजेन्द्र आचार्य, हरी थापा (कान्तिपुर) विश्वमणी पोखरेल (नागरिक), दिपेन्द्र वान्तवा (कान्तिपुर टिभी) लगायतले टिप्पणी गरेका थिए ।

फोनिजले आयोजना गरेको कार्यक्रमले मूलधारे संचारमाध्यममा आदिवासी जनजातिको मुद्दाले पाइरहेको स्थान र अवका दिनमा खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको थियो । कार्यक्रमले आदिवासी जनजातिको मुद्दाले मूलधारे संचारमा स्थान पाउन सहयोग पुगेको फोनिज अध्यक्ष डण्ड गुरुङले बताए ।
