मुटुरोगी लक्ष्मी पाडेको मृत्यु

Read Time:1 Minute, 44 Second

देब पचभैया

पाल्पा, कार्तिक १४ – बराङ्गदी ५ सापाखुम पाल्पाकी ३९ बर्षिया मुटुरोगी लक्ष्मी कुमारी पांडेको मृत्यु भएको छ ।

उपचारको क्रममा काठमाण्डौ स्थित गंगालाल अस्पतालमा शुक्रबार बेलुकी उनको मृत्युभएको हो ।

लक्ष्मीलाई बचाउन बिभिन्न स्थानमा लक्ष्मी बचाँउ अभियान संचालन भएको थियो भने देश बिदेश बाट समेत आर्थिक सहयोग संकलन भएका थिए ।

मुटुरोगी लक्ष्मी पाडेलाई अस्पतालले छिटो अप्रेशन गर्न भनिरहेको भएपनि पैसाको अभाबमा अप्रेशन हुन सकेको थिएन । उपचारको लागी अस्पतालले तत्काल ६ लाख आबश्यक हुने बताएपनि बिभिन्न स्थानबाट उहालाई दुई लाख जती सहयोग उठेको थियो । सानैमा बुवा गुमाएकी लक्ष्मीका ६५ बर्षिय आमा मात्रै हुनुहुन्छ ।

लक्ष्मी पाडेलाई  २०५५ सालमा मुटुको रोग देखापरेको थियो । आम्दानीको स्रोत केही नभएकाले उहालाई गाउले र छिमेकीहरुले चन्दा उठाएर उपचारको लागी काठमाण्डौ पठाएका थिए । बिर अस्पतालमा अप्रेसन गरी मुटुको भल्ब नली काटेर बनाएको र  रोग बल्झिएपछि ६२ सालमा मुटुको भल्ब नलीको अप्रेसन गरी दुई वटा भल्ब खोलेर गंगालाल अस्पतालमा बनाईएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %