गोविन्द घर्ती
देवदह कार्तिक १५ । बैदेशिक रोजगारीको लागि दैनिक १५ सय युवाहरु विदेशीने गरेको भए पनि आमदानीलाई सही ठाउमा व्यवस्थापन गर्न नसक्दा उचित प्रतिफल प्राप्त गर्न नसकिएको बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक नवराज काफलेले बताएका छन । काफलेले बैदेशीक खुल्ला सिमानाका कारण रोजगारमा जाने नेपाली नागरिकको राज्य संग आधिकारीक कुनै तथ्याङ्क नभएको बताए । कार्यकारी निर्देशक काफलेले बैदेशीक रोजगारीमा जाने नेपाली नागरिकहरुको राज्यले संरक्षण गर्न नसकेको बताए । बैदेशीक रोजगार प्रवर्द्धन बोर्ड र देवदह नगरपालिकाको संयुक्त आयोनामा रुपन्देहीको देवदहमा आयोजित सुरक्षित बैदेशीक रोजगारको लागि अभिमुखिकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै बैदेशीक रोजगारको लागि जनचेतना आवश्यक रहेको र दक्ष जनशिक्तमात्र बैदेशीक रोजगारमा जानु पर्नेमा जोड दिएका थिए । सोही कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव छवि रिजालले बैदेशीक रोजगारीलाई व्यवस्थित गर्न स्थानीय निकायको महत्वपूर्ण भूमिका रहने बताए । उपसचिव रिजालले स्थानीय निकायले बैदेशीक रोजगारीमा जाने नागरिकको तथ्याङ्क राख्नु पर्नेमा जोड दिएका थिए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वालकुमार श्रेष्ठ, गोपाल ढकाल, गोविन्द ठड्राई, खेमानन्द ज्ञवाली, विद्यालक्ष्मी गुरुङ्ग, खगराज शर्मा लगायतले आ–आफना भनाई राखेका थिए । नगरपालिकाका शाखा अधिकृत टेकराज भट्टराईको स्वागत र नारायण प्रसाद काफलेको संचाचलानमा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैदेशीक रोजगारीमा जाने नेपालीको आधिकारीक कुनै तथ्याङ्क नभएको
Read Time:2 Minute, 48 Second
