हङकङ बाट क्लब भवन निर्माणकोलागि अार्थिक सहयोग

Read Time:1 Minute, 30 Second

दिल थापा
भू.पू सैनिक ज्वाई स्पोटिङ्ग क्लब, सालघारी बुटवल १५ लाई हङकङ बस्ने क्लबका शुभचिन्तक तथा सदस्यहरुले क्लबको सम्पर्क कार्यलय भवन निर्माण को लागि एक लाख अठार हाजर रुपयौ सोमबार एक कार्यक्रम आयोजना गरि आर्थिक सहयोग गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष दल बहादुर थापाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी हङकङबाट आउनु भएका क्लब सदस्य लक्ष्मण प्रसाद थापा रहेका थिए । कार्यक्रमका क्लबका सल्लाहकार तथा समाजसेवी मानसिंह थापा, विश्नु प्रसाद थापा, नेपाल मगर संघ बुटवल नगर समितिका सदस्य बल बहादुर थापा, सालघारी खाने पानी तथा सरसफाइ समितिका अध्यक्ष गोपीराम पुन, बुटवल एक्स आर्मी इङलिस बोडिङ्ग स्कुलका व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर पुन लागायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी लक्ष्मण प्रसाद थापाद्धारा उक्त रकम क्लबका अध्यक्ष दल बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %