देवदहलाई कृषि पर्यटनको रुपमा विकास गरे पशुपालनको विकास हुने ।

Read Time:2 Minute, 56 Second

गोविन्द घर्ती

देवदह, कार्तिक १० – देवदह क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्न सकेमा व्यवासायीक पशुपालनको विकास हुने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले कृषि क्षेत्रको विकासको लागि राज्ले लगानी गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको गलत कृषि नीतिका कारण पशुपालक कृषकहरु पलायन हुनु परेको बताएका थिए । देवदह दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा देवदहमा आयोजित देवदह प्रशोधन कारखाना सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्रलाई कृषिको माध्यमबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन देवदह नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले राज्यले कृषकहरुको पशु विमाको व्यवस्था गर्न सकेमात्र व्यवसायीक पशुपालन गर्न सकिने बताएका थिए ।

देवदह दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यादव भूषालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरे, केन्द्रीय दुग्ध सहकारी संस्थाका संचालक लेखनाथ पाण्डे,‘जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गान्धीराज उपाध्याय, लुम्विनी दुग्ध वितरण आयोजनाका राजेन्द्र अधिकारी, नेकपा माओवादीका नमराज पुरी,नेपाली काग्रेसका दुर्गा राना, नेकपा एमालेका पदम थापा, एमाओवादीका कृष्ण ढकालले बोलेका थिए । त्यसैगरी नेपाल रेडक्रस सोसाईटीका गोपाल ढकाल, नेपाल भारत मैत्रीसंघका जीवलाल पराजुली, कोलिय बचत तथा ऋण सहकारी संस्थाका सुवकान्त न्यौपाने, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए ।

सहकारीका कोषाध्यक्ष विष्णुप्रसाद ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा व्यवस्थापक प्रकाश अर्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %