देब पचभैया
पाल्पा, कार्तिक ७ – पाल्पाको कसेनीमा जिपको ठक्कर बाट एक बालकको ज्यान गएको छ । कसेनी ७ बाट कुखुरा लिएर गुल्मी जान हिडेको लु १ च ४०६८ नम्बरको जिपले ठक्कर दिदा स्थानिय ५ बर्षिय बालक मनिस वझाको ज्यान गएको हो ।
जिपको ठक्कर बाट गंभिर घाईते बालकलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा आज दिउसो २ बजे तिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
ठक्कर दिने जिप र चालक सन्जय नेपाली लाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले बताएको छ ।
