तपस्वी बम्जन बालुवाटारमा

Read Time:2 Minute, 13 Second

बम्जनलाई राहादानी विभागका महानिर्देशक लोकबहादुर थापाले राहदानी प्रदान गरे ।

राज्यसत्ता

काठमाडौं, कार्तिक ५ – बाराको जंगलमा बस्दै आएका तपस्वी रामबहादुर बम्जन प्रधानमन्त्री सुशील कोइराला भेट्न बुधबार साँझ बालुवाटार पुगेका छन् ।

ram

बाराको हलखोरियास्थित जंगलमा बस्दै आएका बम्जनले आफू सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि अघि बढिरहेको बताए ।  उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको उल्लेख गरे ।

धर्मगुरु बम्जनले ६ वर्षसम्म तपस्या गरी ज्ञान प्राप्त गरेको स्थल बारा हलखोरियास्थित जंगललाई धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीसमक्ष माग गरे । प्रधानमन्त्री कोइरालाले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वासन दिए ।

धर्मगुरु बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिए । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका छन् । बम्जनलाई राहादानी विभागका महानिर्देशक लोकबहादुर थापाले राहदानी प्रदान गरे ।

धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्केका छन् । ६ वर्षसम्म निराहार निर्जल तपस्यसकेपछि बोधी श्रवण धर्मसंघ गुरु रामबहादुर बम्जन हाल विश्व शान्ति मैत्रीय पूजाकासाथै धर्मादेशनाको लागि विभिन्न क्षेत्रको भ्रमण गर्दै आएका छन् ,कान्तिपुरले समचार छापेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %