तीन दलको बैठक भईरहेका गोकर्ण गेटमा आदिवासीको धर्ना

Read Time:1 Minute, 46 Second

काठमाडौं ,  कार्तिक ५ – मुख्य तीन दलका शीर्ष नेताहरु बैठक बसिरहेको गोकर्ण रिर्सोट वैठक स्थल अगाडि विरोध धर्ना कार्यक्रम हुने भएको छ ।

Gokarna-talk

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा गोकर्ण रिर्सोटको गेटमा धर्ना आयोजना हुने भएको हो । दिनको २ बजेबाट हुने धर्नामा संविधान निर्माणका सवालमा सहमति गर्दा धर्म निरपेक्ष, संघीयता, शासकीय स्वरुपका विषयमा स्पष्ट पार्नुपर्ने माग सहित धर्ना आयोजना गरिएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए ।

आदिवासी जनजातिसँग भएको सबै सहमतिहरु कार्यान्वयन हुनुपर्ने समेत अघि सारिएको कुमालले बताए । उनीहरुले तीन दलले सार्वभौम संविधानसभाको अवज्ञा गरेको आरोप लगाएका छन् ।   जातीय पहिचान सहितको संघीयतालाई पहिलो आधार बनाइयोस् भन्ने माग अघि सारेर धर्ना वस्ने कार्यक्रम रहेको बताइएको छ । गोकर्णबाटै राजनैतिक सहमति जुट्ने संभावना देखिएकाले आन्दोलन आयोजना गरिएको बताइएको छ ।

आफूहरुको मागको बारेमा संवोधन नभए थप आन्दोलन गर्ने समेत आदिवासी संबद्ध संस्थाको चेतावनी छ । थारुकल्याणकारिनी सभा लगायतले अन्य संघ संस्था पनि धर्नामा सहभागी हुने जनाइएको शेर्पाखबरले समचार छापेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %