काठमाडौं नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पूर्वसचिव दीपा गुरुङको कात्तिक ३ गते राति निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित गुरुङको अहिले स्वयम्भूमा अन्तिम दाहसंस्कार गरिएको छ । उनले नेफिनमा बालकृष्ण मावुहाङ नेतृत्वमा सचिव भएर काम गरेका थिए । आदिवासी जनजाति आन्दोलनमा सशक्त महिला योद्धाको रुपमा उनले जिम्मेवारी निर्वाह गरेका थिए ।
गोर्खा हंसपुर गाविस ८ बुद्धसिंह गाउँ स्थायी घर भई काठमाडौंको नयाँ नैकापमा बस्दै आएका थिए । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालका कार्यवाहक अध्यक्ष मीना गुरुङले गुरुङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारतप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् गुरूङ् न्यूज डट्कमले समचार छापेकोछ।
