तरुण दल केवरेमा जगदिश रेग्मी

Read Time:1 Minute, 17 Second

विनोद रखाली मगर

गल्याङ्, कात्तिक २
नेपाल तरुण दल केवरेभन्याङ् गाविसको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जगदिश रेग्मीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती चयन गरेको हो । समितिको उपाध्यक्षमा कर्णराज गुरुङ्, सचिवमा हुम वहादुर थापा, कोषाध्यक्षमा सम्राट चिटौरे, सह सचिवमा आर्य गुरुङ् निर्वाचित भएका हुन् । त्यस्तै जिल्ला प्रतिनिधिमा खुला तर्फ इन्द्र गुरुङ्, समावेशी तर्फ चेत वहादुर सारु, महिला तर्फ तारा सिङ्जाली, दलित तर्फ इश्वरी दर्जी लगाएत २१ सदस्यीय कार्य समिति चयन गरेको हो । कार्यक्रममा नेपाली कङ्ग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मीकान्त रेग्मी, नेपाली कङ्ग्रेसका नेता धु्रव खाडँ, तरुण दल जिल्ला सदस्य महेश भट्टराई, दामोदर लम्साल, भोजराज गुरुङ्, वखतवहादुर गुरुङ् लगाएतले वोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %