गल्याङ् भूपू मा ‘स्पोर्ट मिट’ पहिलो दिन ७ खेल सम्पन्न

Read Time:1 Minute, 45 Second

विनोद रखाली मगर

गल्याङ्, कात्तिक ३,गल्याङ् भु.पू. सैनिक माध्यामिक विद्यालय जगत्रदेवि ८ गल्याङ्मा ‘स्पोर्ट मिट’ सुरु भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत ३ दिन सम्म सन्चालन हुने उक्त खेलकुद कार्यक्रम कात्तिक ५ गते सकिने विद्यालयको अतिरित्त क्रियाकलाप विभागले जनाएको छ । ‘स्पोर्ट मिट’ को उद्धघाटन गर्दै विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगरले विद्यार्थीको अन्तरनिहीत खेलकुदका प्रतिभाहरुलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको वताए ।

‘स्पोर्ट मिट’ अन्तरगत पहिलो खेल वेलुन फुटाउनेमा सिटी फुकेर उद्धघाटन गरिएको थियो । कक्षा नर्सरी, एल.के.जी., यु.के.जीका विद्यार्थीहरु वेलुन फुटाउने खेलमा प्रतिस्प्रर्धा गरेका थिए । आज सम्पन्न विभिन्न ७ खेलहरुमा प्राथमिक तह तर्फ वेलुन फुटाउने , चम्चा दौड , मिठाई खाने, भाले जुधाई , स्याक्रेश, खोःखो लगाएतका खेल सम्पन्न भएका छन् । भोलि निम्न माध्यामिक , माध्यामिक तहका विभिन्न खेल सन्चालन गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विनोद रखाली मगरले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %