हुम सुनारी मगर
एक प्रहरी जवानले आफ्नै धर्म पत्नीलाई पीडित बनाएको छ। प्रहरी जवान हात्तिबन-३, रुपन्देहीका प्रकाश श्रेष्ठ हुन् । उनको दरबन्दी हाल स्यांग्जाको वालिङ्गमा रहेको छ ।
(लक्ष्मी मगर र छोरी)
गत २०६६ मा ति प्रहरी जवानले बिरकोट भैसादि, पाल्पा कि लक्ष्मी मगरसँग जीवनभर कहिल्यै नछुट्टिने कसम खाइ राजीखुशी भएर बिबाह गरेका थिए । बिबाह भएको ४ बर्षसम्म ति जोडीको सम्बन्ध अतिनै राम्रोसँग बितिरहेको थियो। उनीहरुको एक छोरी पनि जन्मी सकेको छ ।
ति प्रहरी जवानको केहि महिना अगाडी स्याङ्जाको वालिङ्गमा सरुवा भयो। उनको स्याङ्जामा रहँदा एक गुरुङ जातको बिबाहित महिलासँग हिमचिम बढ्यो। ति गुरुङ महिलाको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्रमा रहेको खुल्न आएको छ। उनको गुरुङ महिलासँग सम्बन्ध बढ्दै गए पछि आफ्नो श्रीमतीसँग बिस्तारै टाढिन पुगेको बुझिएको छ।
(प्रहरी जवान प्रकाश श्रेष्ठ)
श्रीमतीलाई बेवास्ता गर्न थाले पछि उनको श्रीमतीले उनलाई पटक पटक सम्झाउदै आइरहेकी थिइन्। तर, जति सम्झाउंदा बुझाउँदा पनि अटेर गरे पछि न्याय खोज्न प्रहरी प्रशासनमै पटक पटक धाएको बुझिएकोछ । प्रहरी प्रशासनबाटै उनलाई पटक पटक चेतावनी पनि दिइयो। तर, उनले आफ्नै प्रहरी प्रशासनको चेतावनीलाई बेवास्ता गरे। केहि नलागे पछि उनको श्रीमतीले सम्बन्ध तोड्ने निर्णय गरिन्।
उनको श्रीमतीले उनि माथि गरेको अन्यायको बिरुद्धमा र क्षेतिपूर्ति भराई पाउँ भनि रुपन्देही जिल्ला अदालत, भैरहवामा मुद्धा दर्ता गराएको बुझिएको छ। यो पनि खुल्न आएको छ कि ति प्रहरीले आफ्नै ससुराबाट साठी हजार रुपैंया दुइ बर्ष अगाडी सापटीको रुपमा लिएको र उक्त रकम बुझाउने भाका गत आश्विन २३ गते रहेको थियो। उक्त मितिमा रकम फिर्ता गर्न आफैले कवुल गरेको तर उक्त भाकामा फिर्ता नगरेको बुझिएको छ।
उक्त सापटी लिएको रकम बुझाउने मिति आइपुग्नु भन्दा केहि दिन अगाडी मात्रै उनले प्रहरी जागिरबाट राजिनामा पेश गरेर काठमाडौँ तर्फ लागेको बुझिएकोछ । श्रोतका अनुसार उनि चांडै बैदेशिक रोजगारको लागि खाडी मुलुक तर्फ जाने योजना बनाएको बुझिएको छ।
उनको श्रीमती लक्ष्मीले बिना कारण आफु अन्यायमा परेको र उनको श्रीमानलाई नेपाल प्रहरी प्रशासनलेनै चाँडो भन्दा चाँडो गिरफ्तार गरेर उनलाई क्षेती पूर्ति दिलाउन र उनको श्रीमानले बुबाबाट सापटिको रुपमा लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा माग गरेकी छिन्।