राज्य अहिले जातीवाद भएको छ : अशोक राई

Read Time:2 Minute, 54 Second

दिल प्रसाद थापा

बुटवलको ग्रिन भ्याली पार्टी प्यालेसमा शनिबार भएको एक कार्यक्रममा संघिय समाजवाद पार्टीका अध्यक्ष अशोक कुमार राईले राज्य अहिले जातिवाद भएको आरोप लगाएका छन ।

राज्य अहिले एकल जातिय प्रभुत्व भएको हुनाले अब आउने संविधानमा सबै जातिको समान अधिकार र सहभागिता हुनपर्ने बताए । उनले जातिय मुक्तिको कुरा गर्ने जातिवाद नभई नेपालको राजनितीमा एकाधिकार जमाएर बसेका पार्टीहरु नै जातिवाद भएको बताए । उनले भने अशोक राई भएको पार्टी जनजातीको पार्टी भए शुसिल कोइराला, केपी ओली, प्रचण्ड अध्यक्ष भएको पार्टी के हो भनेर आक्रोस पोखेका थिए । उनले भने ठुला पार्टीहरुले बहु पहिचान र साझा पहिचानको नाममा जनतालाई झुक्काउन थालेका छन र नदि नाला, पहाड हिमालले पहिचान नमागेको र नेपालका आदिवासी जनजाती, खस, मधेसीहरुले पहिचान मागेको बताए ।

उनले नेपालमा शासकहरुले जातिय विभिक्ता भएको देशमा चार जात छत्तीस वर्णको फुलवारी नबनाएर तोरी बारी बनाउन लागेको आरोप लगाए । उनले अब आउने संविधानमा टाउको गनेको आधारमा बहुमतद्धारा संविधान जारि गरिछ भने सडकबाट संघर्ष गर्दै, आन्दोलन गरी देश नै थप्प गर्ने चेतावनी दिए । उनले सबै जातिको इतिहासको सम्मानको निम्ती पहिचानको अधारका संघियता बनाउन पर्ने बताए ।

कार्यक्रमको संयोजन तुलविर दर्लामीले गरेका थिए भने प्रमुख अतिथी राजेन्द्र कुमार राई पार्टीका उपमहासचिव महेन्द्र थापा, केन्द्रीय सदस्य होरीलाल चौधरी, खिम थापा, कृष्ण श्रेष्ठ, छविलाल थापा लगायत अतिथीले बोलेका थिए । संघिय समाजवाद पार्टीको जिल्ला घोषणा कार्यक्रममा पार्टीको रुपन्देही जिल्ला समितिमा तुलविर दलार्मीको संयोजकत्वमा ९ सदस्यिय र युवा समितिमा राम थापाको संयोजकत्वमा १० सदस्यि समिति गठन भएको छ ।

कार्यक्रमको संचालन तिलक खाम्चाले गरेका थिए भने स्वागत मन्तव्य फुरमती ढेँगाले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %