बुद्ध सामुदायिक वन उपभोक्ता समुहको चौथो बार्षिक साधारण सभा

Read Time:3 Minute, 2 Second

गोविन्द घर्ती
देवदह आश्विन २५ । वन ऐन, वन निमावली, सामुदायिक वनको विद्यान र कार्ययोजना अनुसार सामुदायिक वनले काम गर्नु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका जिल्ला वन अधिकृत ईन्द्र प्रसाईले बताएका छन । प्रसाईले सामुदायिक वनहरुले वन ऐन र कार्ययोजना अनुसार काम नगर्दा बेला बेलामा समस्या आउने गरेको बताए । अधिकृत प्रसाईले सामुदायिक वनहरुले आफनो कार्ययोजना अनुसार गरिवी न्यूनिकरणमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए । रुपन्देहीको देवदह नगरपालिकामा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समुहको चौथो बार्षिक साधारण सभामा बोल्दै प्रसाईले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै अधिकृत प्रसाईले सामुदायिक वन विश्वको लागि सफल नमुना युक्त कार्यक्रम भएको हुदा वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगमा सवैले ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए । बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, नेकपा–माओवादीका नमराज पुरी, एकिकृत नेकपा माओवादीका कृष्ण ढकाल, नेपाली काग्रेसका दुर्गाबहादुर राना, नेकपा एमालेका पदम थापा, पव्लिक क्याम्पस प्राध्यापक संघका दुर्गादत्त आचार्य, देवदह उपस्वास्थ्य चौकीका जयकिशन अधिकारी, जसमान गुरुङ्ग, दलबहादुर पाईजा, गणेश वस्याल, सावित्री सारु, जीतबहादुर गुरुङ्ग लगायतले बोल्दै नीति नियम अनुसार सामुदायिक वन संचालन हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जेष्ठ नागरिक, भुपु अध्यक्ष, बृक्षारोपण कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा समुहका अध्यक्ष टेकबहादुर रानाले प्रगति प्रतिवेदन र सचिव शान्ति रोकाले करिव २५ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष थमन सिंह तमुको स्वागत र बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %