गोविन्द घर्ती
देवदह असोज २५ । नेकपा एमालेका केन्द्रीय सदस्य छविलाल विश्वकर्माले तोकिएकै मितिमा संविधान निर्माण गर्न सवै नागरिक र सरोकारवालाहरुले दवाव सृजना गर्नु पर्ने बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं १, रुपन्देहीको आयोजनामा भएको ईलाका नं १ स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै नेता विश्वकर्माले एमाओवादीले राजनैतिक ईमान्दारीता प्रदर्शन गर्न नसकेका कारण संविधान निर्माण प्रकृयामा ढिलाई भएको बताएका छन । जनताको चाहाना भनेको सम्वृद्ध र शान्त नेपाल भएकोले जनचाहानालाई ख्याल गरेर अगाडि बढ्न नेकपा एमाले तयार रहेको बताउँदै विश्वकर्माले कांग्रेस र एमाओवादीको गैरजिम्मेवर प्रवृतिका कारण जनताहरु निरास वन्दै गएको ठोकुवा गरेका थिए । पानी धमिलो बनाएर माछा मार्न दुई दलले विभिन्न हथकण्डा अपनाई रहेको बताउँदै उहाँले त्यस्तो कार्यको भण्डाफोर गर्न एमालेका कार्यकर्ताहरु सचेत रहन आग्रह थियो । क्षेत्रिय अध्यक्ष वेद गिरीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकराज वि.क.,जिल्ला सचिव तुल्सी चौधरी,जिल्ला सचिवालय सदस्य सिद्धचिरण भट्टराई, जिल्ला सदस्य शैलेन्द्र उपाध्याय,जिल्ला सल्लाहकार उमापति पाण्डे लगायतले बोलेका थिए । ६ वटा गाविसका कार्यकर्ताहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको स्वागत कोईल देवान र सञ्चालन मातृका चौधरीले गरेका थिए ।
जनताको चाहाना भनेको सम्वृद्ध र शान्त नेपाल
Read Time:2 Minute, 13 Second
