औद्योगिक क्षेत्र भित्र जग्गाको खरिद विक्रि गर्ने उद्योगीहरुलाई सरकारले कारवाही गर्ने

Read Time:2 Minute, 50 Second

गोविन्द घर्ती
देवदह आश्विन २५ । उद्योग मन्त्री महेश बस्नेतले व्यक्तिगत लाभका लागि औद्योगिक क्षेत्र भित्र जग्गाको खरिद विक्रि गर्ने उद्योगीहरुलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन । सरकार र औद्योगिक व्यवस्थापन कार्यालय कमजोर छ भन्ने ठानी औद्योगिक क्षेत्र को जग्गामा मनपरी गर्नेलाई कारवाही गर्न उद्योगी व्यवसायीले सघाउनुपर्ने मन्त्री वस्नेतले आग्रह गरेका थिए । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उद्योग मन्त्री बस्नेतले औद्योगिक क्षेत्र भित्र बसेर जग्गा कब्जा गरी महंगोमा जग्गा किनबेच गर्ने व्यक्तिहरुका कारणले नै उद्योग क्षेत्र धरासायी भएको बताए । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सस्तोमा जग्गा दिईरहदा पनि उद्योगी व्यवसायीहरुले सस्तोमा पाएको महसुस गर्न सकेका छैनन । सरकार र व्यवसायीका विचमा कहां नेर खाडल छ त्यो खोज्नुपर्ने बेला आएको मन्त्री बस्नेतले बताए । कतिपय निजी क्षेत्रका प्रस्तावहरु सरकारलाई डुबाउने खालको रहेको बताउदै उद्योग मन्त्री बस्नेतले विदेशी कच्चा पदार्थलाई प्रोत्साहन गर्ने खालका उद्योगहरुका कारण नेपालको औद्योगिक विकास हुन नसक्ने स्पष्ट पारुका थिए । बाहिरबाट कच्चा पदार्थ निर्यात गर्ने र उत्पादित सामान पनि बाहिर नै पठाउने उद्योगहरुलाई कत्तिको प्रोत्साहन गर्ने हो त्यसतर्फ पनि सोच्नुपर्ने बेला भएको उद्योग मन्त्री बस्नेतले बताएका छन । यसैवीच रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित लुम्बिनी नर्सरी एण्ड गार्डेनको अवलोकन गरेका थिए । युवा उद्यमी रमेश पाण्डेले सञ्चालन गरेको नर्सरीको उहाले शनिबार अवलोकन गरेका हुन । त्यस अवसरमा नर्सरीका सञ्चालक पाण्डेले फूलमा मुलुकलाई आत्मनिर्भर गराउन सकेमा ठूलो रकम विदेशिनबाट जोगिने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %