कमल चौधरी
बुटवल , सम्झना परिवार क्लब तिलोत्तमा नगरपलिका–१२ मंगलापुर, रुपन्देहीमा शुक्रबार एक कार्यक्रमका बीच १२ लाख बराबरको लगानीमा निर्माण गरिएको सम्झना क्लब भवनको समुद्घटन भएको छ ।
उक्त भवनको समुद्घटन नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सभसाद बबुराम रानाले गनुभएको हो ।क्लबका अध्यक्ष खेमेन्द्र रानाको सभापतित्व , उपाध्यक्ष कमल कडेंलको स्वागत र सह–सचिव सचिन घिमिरेको संचलनमा भएको कार्यक्रममा समुहिक प्रयाबाट मुलुकको विकास गर्न सकिने कुरामा बक्तहरुले जोड दिएका थिए ।
उनिहरुले एकल प्रयासले सम्झन क्लब भवनको निर्माण कुनै पनि हालतमा नहुने भन्दै समुहिक प्रयाशले नै क्लबको भावन निर्माण भएको हुदाँ जुनसुकै कार्य समुहिक प्रयाशले नै मुलुकको विकास गर्न सकिनेमा जोड दिए ।
क्लबले देउसी भैलो लगायत विभिन्न संस्कृति कार्यक्रम चन्द संकलनबाट भावनको निर्माण गरेको क्लबका अध्यक्ष खेमेन्द्र रानाले जनकारी गराए । उनले आगामी दिनहरुमा युवाहरुलाई क्लबले शिक्षामुलक कार्यक्रम दिने र सम्झना क्लबलाई एउटा उत्कृष्ट क्लबको रुपमा प्ररिचित गराउने बताए ।
सम्झना परिवा क्लब भवन समुद्घाटन एवम् सातौ अधिवेश कार्यक्रममा तिलोत्तमा उद्योग वणिज्य संघका अध्यक्ष गुणनिधी (माधव) भण्डारी, नेपाल आदीवासी जनजाति महासंघ(फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहा, ईश्वरीवर्मा कुमारीका उसा दिदी , छिमेकी क्लबका अध्यक्ष क्षत्रबहादुर दर्लामी, पूर्व क्लबका अध्यक्ष यमबहादुर पुन, क्लबका सल्लाहकार टेक प्रसाद अर्याल, कृषि संघ रुपन्देहीका झुपा न्यौपाने, क्लबका बरिष्ठ सल्लाहकार शुसिल घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
