बालक लाई हानेर भाग्ने मोटरसाईकल चालक समातिए

Read Time:54 Second

देब पचभैया

पाल्पा, असोज २२ – गएको ८ गते बसन्तपुर तानसेनमा ५ बर्षिय बालकलाई ठक्कर दिएर फरार भएका बगनास पाल्पाका १७ बर्षिय निसान्त बस्याल नेपाली पक्राउ परेका छन् ।

बालकलाई ठक्कर दिएर गंभिर घाईते बनाई फरार भएका उनलाई लु १८ प ३० १६ नम्बरको २ सय २० सिसिको रातो पल्सर सहित पक्राउ गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

घाईते  ५ बर्षिय असिमको काठमाण्डौमा उपचार गरिएको थियो । उनलाई अहिले  घर ल्याइएको छ । लाईसेन्स समेत नभएका निसान्तलाई रातो पल्सरको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %