देब पचभैया
पाल्पा, असोज २२ – मस्याम ५ पाल्पाकी ६४ बर्षिया मान कुमारी रावल मृत भेटिएकी छिन् । पाल्पा रामपुर स्थित काली नदीको किनारामा उनको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । उनले हाम फालेर आत्महत्या गरेको हुन सक्ने स्थानियले अनुमान गरेका छन् ।
मानसिक अवस्था कमजोर रहेकी रावल घर बाट हराएको भन्दै खोजबिन गर्न उनका आफन्तहरुले प्ररही समक्ष निबेदन दिएका थिए ।
