गोविन्द घर्ती
देवदह आश्विन २१ । राजनैतिक दलहरु वीच सहमति गरेर तोकिएको समयमा संविधान जारी गर्नु पर्ने नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन । भट्टराईले सहमति हुन नसके प्रक्रियामा गएर भएपनि तोकिएकै समयमा संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन । नेकपा एमाले र नेपाली काग्रेसको संयुक्त सरकारले भने अनुसारको काम गर्न नसकेको भट्टराईको दावी थियो । भट्टराईले एमालेले जस लिन्छ भनेर नेपाली काग्रेसले स्वतन्त्र रुपमा काम गर्न नदिएको आरोप समेत लगाएका थिए । नेकपा एमाले क्षेत्र नं १, क्षेत्रीय कमिटी द्धारा रुपन्देहीको देवदहमा आयोजित विजय दशमी, शुभदिपावली, छठ पर्व एव्र बकर ईदको शुभकामना आदान कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । नेता भट्टराईले नेकपा एमालेले मात्र देशको सही नेतृत्व गर्न सक्ने भएको हुदा पार्टी एक भएर अगाडि बढिरहेको बताए । पार्टीका क्षेत्रीय अध्यक्ष बेदगिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य एवं क्षेत्रीय ईन्चार्ज ध्रुव खरेल, जिल्ला सदस्यद्धय बुद्धिसागर अर्याल, सिद्धिचरण भट्टराई, जिल्ला सल्लाहकारद्धय उमापति पाण्डे, वालकुमार श्रेष्ठ, तिलक आचार्य लगातयले बोल्दै नेकपा एमालेलाई सवै भन्दा ठूलो दल बनाउन सवै कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिएका थिए । क्षेत्रीय सदस्य टिकाराम चापागाईको स्वागत र सचिव प्रकाश अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेकपा एमालेले मात्र देशको सही नेतृत्व गर्न सक्ने
Read Time:2 Minute, 12 Second
