भ्रष्टचारीलाई देशद्रोही सरहको अभियोग लगाई कार्वाही-नेता अस्लामी

Read Time:2 Minute, 33 Second

गोविन्द घर्ती
देवदह आश्विन १९ – संविधान निर्माण प्रक्रियालाई सत्ताधारी दलहरुले विभिन्न राजनैतिक बहाना बनाई अवरोध गर्ने काम गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले बताएका छन । अस्लामीले नया संविधानमा नेपालमा बसोवास गर्ने समपूर्णका अधिकार सुनिश्चितता हुनु पर्नेमा जोड दिएका थिए । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ५ रुपन्देहीको सातौ औं क्षेत्रीय अधिवेशनलाई सम्वोधन गर्दै उपमहासचिव अस्लामीले उक्त कुरा बताएका हुन । नेता अस्लामीले भ्रष्टचारीलाई देशद्रोही सरहको अभियोग लगाई कार्वाही गर्ने खालको व्यवस्था नया संविधान हुनु पर्नेमा जोड दिए । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ५ का क्षेत्रीय अध्यक्ष रुमबहादुर फौजाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य एवं लुम्विनी राज्य ईन्चार्ज अशोक पुन, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बोम दर्लामी, पुर्णबहादुर पुन लगायतले आ–आफना भनाई राखेका थिए । उपाध्यक्ष ओमबहादुर थापाको स्वागत र सचिव चन्दा थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले पुनः रुमबहादुर फौजाको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विनबहादुर रास्कोटी, सचिवमा नरबहादुर रोका, कोषाध्यक्षमा हरीप्रसाद पुन, सहसचिवमा रिता राना चयन भएका छन । अन्य सदस्यहरुमा संगीता बलाल, टोपबहादुर भुजेल, अनिता थापा, शिवलाल आले, रोशनी राना, गममाया दर्लामी, शेरबहादुर राना, पवन परियार, ललिता थापा, मनोज थापा रहको सो पार्टीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %