गोविन्द घर्ती
देवदह आश्विन १९ – अन्तर्राष्ट्रिय शिक्षक दिवस देश भर विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा हरेक दिवसहरुको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएता पनि त्यसले सार्थकता पाउन नसकेको विज्ञहरुको भनाई रहेको छ । अन्तराष्ट्रिय शिक्षक दिवस मनाई रहदा नेपालमा भने अस्थाई शिक्षकहरुले स्थाईको माग गरीरहेका छन् । दिवसको अवसरमा कार्यक्रम गरेर मात्र शिक्षकहरुको वास्तविक समस्या समाधान हुन नसक्ने शिक्षकहरुको गुनासो रहेको छ । शिक्षकहरुको समस्या समाधान गर्न सम्पूर्ण शिक्षकहरु एक जुट हुनुको विकल्प नभएको शिक्षकहरुको भनाई रहेको छ । दिवस मनाएर मात्र होइन आफनो दायित्व पुरा गर्न सके मात्र दिवसको औचित्य हुने नेपाल शिक्षक संघका क्षेत्रीय अध्यक्ष छविलाल गुप्ताको भनाई रहेको छ ।
नेपालमा अस्थाई शिक्षकहरु धेरै रहेको र उनीहरुको समस्याको समाधान गर्न राज्यले पहल गर्नु पर्ने अध्यक्ष गुप्ताले बताका छन । राजनैतिक मुद्दा र विभाजनका कारण नेपालका शिक्षकहरु एक जुट हुन नसक्दा शिक्षकहरुको माग सम्वोधन हुन नसकेको नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगरसमितिका अध्यक्ष खेमानन्दन ज्ञवालीको भनाई रहेको छ । राज्यले अस्थाई शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थाई गर्नु पर्नेमा ज्ञवालीले जोड दिनु भयो । समाज परिवर्तनको वहाक शिक्षकहरुको समस्याको समाधान गर्न राज्य तत्पर हुन पर्ने बताउदै शिक्षकहरुको समस्या समाधान नहुदा सम्म गुणस्तर शिक्षा प्राप्त गर्न नसकिने अखिल नेपाल शिक्षक संगठन देवदह नगर संयोजक लेखनाथ थापाको भनाई रहेको छ । अधिकार स्थापित गर्न राजनैतिक रुपमा विभाजन भएर होईन एकजुट भएर अगाडि बढ्न सके मात्र शिक्षकहरुको अधिकार स्थापित हुन सक्ने थापाको जोड रहेको छ ।
